लाखसम्मको कारोबारमा भ्याट फिर्ता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ११, २०७६
|
|
५४ पटक हेरिएको
Shares
लाखसम्मको कारोबारमा भ्याट फिर्ता

सारांश

  • काठमाडौं, पुस ११ ।
  • सरकारले एक लाख रुपैयाँसम्मको कारोबारको विद्युतीय भुक्तानीमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने तयारी गरेको छ।
  • विद्युतीय भुक्तानीमा भ्याट फिर्ता दिने बजेटको घोषणा अनुरुप आन्तरिक राजस्व विभागले कार्यप्रक्रियाको मस्यौदा तयार पारेको छ।

काठमाडौं, पुस ११ । सरकारले एक लाख रुपैयाँसम्मको कारोबारको विद्युतीय भुक्तानीमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने तयारी गरेको छ। विद्युतीय भुक्तानीमा भ्याट फिर्ता दिने बजेटको घोषणा अनुरुप आन्तरिक राजस्व विभागले कार्यप्रक्रियाको मस्यौदा तयार पारेको छ। प्रस्तावित कार्यप्रक्रियाअनुसार विद्युतीय भुक्तानी सम्बन्धमा उपकरणका माध्यमबाट भुक्तानी हुने कारोबारको न्यूनतम् पाँच सय र अधिकतम सीमा एक लाख रुपैयाँ हुनेछ।

कार्यप्रक्रियामा सीमासहितको मापदण्ड निर्धारण गरिएको छ। विभागले उल्लिखित कारोबारको थ्रेसहोल्डका सम्बन्धमा अर्थ मन्त्रालयसँग सुझावसमेत मागको छ। यो सुविधा लिन बिक्रेता तथा भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानीसम्बन्धी विवरण तथा मूल्य अभिवृद्धि कर फिर्तासम्बन्धी विवरण एवं प्रणालीमा हुने क्रियाकलापको लग ९एक्टिभिटी ट्रेल० स्वःचालित रूपमा सुरक्षित राख्नुपर्नेछ।

चालु आर्थिक वर्षको बजेटमा ‘मूल्य अभिवृद्धि करको संकलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरिदको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा त्यसरी भुक्तानी गरिएको बिजकमा उल्लेखित मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा स्वतः जम्मा हुने व्यवस्था गरी त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी गर्नु नपर्ने’ उल्लेख छ।

विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिनेसम्बन्धी कार्यप्रक्रिया, २०७६ को मस्यौदा तयार पारी अर्थ मन्त्रालय पठाएको छ। कार्यप्रक्रियाले विद्युतीय बैंकिङ, भुक्तानी कार्ड, अन्तरबैंक भुक्तानी, ई–मनी र मोबाइल बैंकिङलगायत भुक्तानी उपकरणलाई मान्यता दिएको छ।अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्धिको यात्रामा ‘भ्रष्टाचार’ बाधक !
समृद्धिको यात्रामा ‘भ्रष्टाचार’ बाधक !
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
How to Talk to Women Online
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक आइतबार नै राष्ट्रियसभाबाट पारित
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक आइतबार नै राष्ट्रियसभाबाट पारित
पेट्रोल पम्पहरुमा भिड
पेट्रोल पम्पहरुमा भिड
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
महिला नेतृत्वले विद्यालय सुध्रिए
महिला नेतृत्वले विद्यालय सुध्रिए

तपाईंले छुटाउनुभयो कि?