कार्यक्षेत्रबारे जानकारी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २, २०८०
|
|
६२ पटक हेरिएको
Shares
कार्यक्षेत्रबारे जानकारी

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभाअन्तर्गतको आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पहिलो बैठक बसेको छ ।
  • सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गरे ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पहिलो बैठक बसेको छ ।

सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गरे । उनले सबै सदस्यलाई स्वागत गर्दै समितिको कार्यक्षेत्रबारे समिति सदस्यलाई जानकारी गराए ।

बैठकमा समितिका सबै सदस्यले आआफ्नो परिचय दिएका थिए । समितिमा २५ सांसद सदस्य छन् । गत वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकले समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको थियो ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील विषय यस समितिसँग जोडिएकाले जनसरोकारका विषय उठाउनुपर्ने बताए ।

समितिको कार्यक्षेत्र प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।

समितिमा नेकपा (एमाले) का आठ, नेपाली कांग्रेसका छ, नेकपा (माओवादी केन्द्र) का तीन, राष्ट्रिय स्वतन्त्र पार्टीका दुई तथा नेकपा (एकीकृत समाजवादी), नागरिक जनमुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका एक-एक सांसद सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत
काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत
बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्यो
बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्यो
सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत
सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
Defense industry braces for hit from Trump tariffs
Defense industry braces for hit from Trump tariffs
साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन
बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने : श्रममन्त्री
साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने : श्रममन्त्री

तपाईंले छुटाउनुभयो कि?