एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०८०
|
|
३२ पटक हेरिएको
Shares
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले एमसिसी परियोजना निर्धारित समयमा सम्पन्न हुनेमा आफू आशावादी र विश्वस्त रहेको बताएकी छन् ।

नेपाल भ्रमणमा रहेकी उनले आज यहाँ पत्रकार सम्मेलन गरी परियोजना प्रारम्भ गरेको पाँच वर्षमा एमसिसी परियोजना सक्नैपर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेको आफूले पाएको बताइन् । “एमसिसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको छ, यो नेपाल सरकारअन्तर्गतको संरचना हो”, उनले भनिन् ।

प्रमुख कार्यकारी अधिकृत अलब्राइटले विश्वका विभिन्न मुलुकमा यसअन्तर्गतका परियोजना सञ्चालन गरेको उल्लेख गर्दै कार्यान्वयनमा देखिने चुनौतीको सामना गर्न सरोकारवाला सबैको सहयोगको आवश्यकता पर्नेमा जोड दिइन् ।

नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताका साथै छलफल उपलब्धीमूलक भएको उल्लेख गर्दै उहाँले परियोजना सफल कार्यान्वयनलगायत विषयमा छलफल भएको अवगत गराइन् । भ्रमणका क्रममा प्रमुख कार्यकारी अधिकृत अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायतसँग भेटवार्ता गरेको थियो ।

परियोजना कार्यान्वयनमा गइसकेको र उनीहरूसँगको भेटवार्ता तथा छलफलपछि आफू निकै उत्साहित भएको उल्लेख गर्दै सिइओ अल्ब्राइटले परियोजना समयसीमाभित्रै पूरा हुनेमा आफू आशावादी रहेको उल्लेख गरिन् । एमसिसीसम्बन्धी प्रस्ताव संसद्बाट अनुमोदन हुँदा गरिएको व्याख्यात्मक घोषणामा आफूहरू सहमत भएको र त्यसलाई स्वीकारेको उनको भनाइ थियो ।

प्रमुख कार्यकारी अधिकृत अलब्राइटले एमसिसी अमेरिकी वैदेशिक सहयोगको महत्वपूर्ण अङ्ग भएको र यसको कार्यान्वयनले नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले यस परियोजनाले नेपालमा भरपर्दो विद्युत् सेवा र सडक सञ्जालको विकास हुने विश्वास व्यक्त गर्दै प्रसारण लाइनको निर्माणले विद्युत् निर्यातको सम्भावनामा समेत सहजता हुने बताइन् ।

यस अनुदानअन्तर्गतका परियोजनाले नेपालको आर्थिक वृद्धिमा टेवा पुग्ने उनको भनाइ थियो । यस अनुदान कार्यक्रममार्फत नेपाल सरकार र एमसिसीले नेपाली जनताका लागि सडक सुधार गर्ने र स्वच्छ तथा सुपथ विद्युत्मा भरपर्दो पहुँच बढाउने गरी तर्जुमा गरिएका परियोजनामार्फत मुलुकको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउने अपेक्षा गरिएको छ ।

सिइओ अल्ब्राइटले यो परियोजनामा नेपाल सरकार स्वयंले पनि लगानी गरेको र यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाले नेपाल सरकारको बलियो प्रतिबद्धता देखिएको बताइन् । सो अवसरमा अमेरिकी राजदूत डिन आर थम्प्सन र एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले समेत सञ्चारकर्मीका परियोजना सम्बन्धका जिज्ञासा स्पष्ट पारेका थिए ।

गत भदौ १३ गतेदेखि एमसिसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ । नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ गते मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) भएको थियो । लामो बहसपछि संसद्ले गत वर्ष मात्र यस सम्झौतालाई अनुमोदन गरेको थियो । एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम सुरु भएको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गिरीको निधनप्रति ओली र थापाद्धारा दुख व्यक्त
गिरीको निधनप्रति ओली र थापाद्धारा दुख व्यक्त
बस दुर्घटना अपडेट: मृत्यु हुनेकाे संख्या छ पुग्याे
बस दुर्घटना अपडेट: मृत्यु हुनेकाे संख्या छ पुग्याे
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
एसिया कप छनाेटः नेपालकाे १०० रन पुरा, सुवाष ५० रन बनाएर अाउट
एसिया कप छनाेटः नेपालकाे १०० रन पुरा, सुवाष ५० रन बनाएर अाउट
शिक्षा सुधारका लागि कक्षा शिक्षण विस्तार हुँदै !
शिक्षा सुधारका लागि कक्षा शिक्षण विस्तार हुँदै !
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
तरकारी काट्ने चक्कुले हानेर एक युवकको हत्या
तरकारी काट्ने चक्कुले हानेर एक युवकको हत्या
उखु किसानको पैसा नदिने उद्योगीलाई कारवाही गर्न निर्देशन
उखु किसानको पैसा नदिने उद्योगीलाई कारवाही गर्न निर्देशन