सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २, २०७५
|
|
५९ पटक हेरिएको
Shares
सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित

सारांश

  • वीरगञ्ज, २ पुस , देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ ।
  • सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य पश्चिमी पर्साको अति दुर्गम गाउँमा बत्ती बल्न थालेपछि त्यहाँका जनताले गाउँमै सिंहदबार आएको अनुभूति गर्न थालेका छन् ।
  • यसै क्रममा पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाको सदरमुकाम भिस्वादेखि दुर्गमको मिर्जापुर गाउँसम्म करीब साढे छ किलोमिटरसम्म स्ट्रिटसोलार लाइट (सडक सौर्य बत्ती)जडान गरेपछि त्यस भेगका करीब २० हजार जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

वीरगञ्ज, २ पुस , देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ । सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य पश्चिमी पर्साको अति दुर्गम गाउँमा बत्ती बल्न थालेपछि त्यहाँका जनताले गाउँमै सिंहदबार आएको अनुभूति गर्न थालेका छन् ।

यसै क्रममा पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाको सदरमुकाम भिस्वादेखि दुर्गमको मिर्जापुर गाउँसम्म करीब साढे छ किलोमिटरसम्म स्ट्रिटसोलार लाइट (सडक सौर्य बत्ती)जडान गरेपछि त्यस भेगका करीब २० हजार जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७४÷७५ को योजनाअन्तर्गत छिपहरमाई गाउँपालिकाको वडा नं १ देखि ५ सम्म भिस्वा, जयमङ्गलपुर, टिहुकी, मलमैया हुँदै मिर्जापुरसम्म करीब साढे छ किलोमिटर स्ट्रिटसोलार लाइट जडान गर्ने लक्ष्य रहेकामा पहिलो चरणमा ४० लाइट जडान गरिएको छ ।

प्रतिलाइट रु एक लाख पाँच हजार ३०० का दरले हाल रु ४२ लाख १२ हजार लागतमा ४० लाइट जडान गरिएको छ, छिपहरमाई गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले राससलाई भन्नुभयो, बाँकी ४० लाइट दोस्रो चरणको कार्यक्रमअन्तर्गत जडान गरिनेछ ।

भिस्वा बजारबाट पश्चिमी पर्साको भारतीय सीमासँग जोडिएको गाउँसम्म मानिसलाई रातको समयमा आवतजावत गर्न अप्ठ्यारो हुँदा लाइट जडान भएपछि राति अबेरसम्म मानिस सुरक्षित हिँडडुल गर्न सजिलो भएको वडा नं ३ का वडाध्यक्ष विनोदप्रसाद कानुको भनाइ छ ।

(https://www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
सरकारलाई  सर्वोच्च अदालतको २४ घण्टे अल्टिमेटम !
सरकारलाई सर्वोच्च अदालतको २४ घण्टे अल्टिमेटम !
के के छन् हाम्रा मौलिक हक, संघीय संसदबाट हताहतार पारित
के के छन् हाम्रा मौलिक हक, संघीय संसदबाट हताहतार पारित
किन भयाे अचानक अन्तरप्रदेश परिषद्को बैठक स्थगित ?
किन भयाे अचानक अन्तरप्रदेश परिषद्को बैठक स्थगित ?
४६५ कोरोना संक्रमित थपिए, कूल ७० जनाको मृत्यु
४६५ कोरोना संक्रमित थपिए, कूल ७० जनाको मृत्यु
नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दियो
नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दियो
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक
माओवादीले बुझायो प्रधानमन्त्रीलाई मन्त्रीको सूची
माओवादीले बुझायो प्रधानमन्त्रीलाई मन्त्रीको सूची
भोटेकोसी बाढीपछि स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशन
भोटेकोसी बाढीपछि स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशन
प्रधानमन्त्री ओलीको आत्मविश्वासले स्वास्थ्यमा उच्च सुधार
प्रधानमन्त्री ओलीको आत्मविश्वासले स्वास्थ्यमा उच्च सुधार

तपाईंले छुटाउनुभयो कि?