भोटेकोसी बाढीपछि स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशन

Asmita-Newsdesk Asmita-Newsdesk
|
शुक्रबार, भाद्र १२, २०८३
|
|
७ पटक हेरिएको
Shares
भोटेकोसी बाढीपछि स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशन

सारांश

  • रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपहिरोपछि सिर्जित सङ्कटमा घाइतेहरूको शीघ्र उपचार तथा प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य जोखिम नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना सम्पूर्ण कर्मचारी र स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
  • विपद् व्यवस्थापनको कार्य सम्पन्न नभएसम्म विशेष कारणबाहेक कसैको पनि बिदा तथा काज स्वीकृत नगर्ने निर्णय गर्दै सरकारले सम्पूर्ण स्वास्थ्य संयन्त्रलाई उद्धार र राहतमा पूर्ण रूपमा समर्पित गराएको छ।
  • स्वास्थ्यमन्त्री निशा मेहताको अध्यक्षतामा बसेको मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले बाढीपहिरो प्रभावित सर्वसाधारणलाई तत्काल र निर्बाध स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो निर्देशन जारी गरेको हो।

रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपहिरोपछि सिर्जित सङ्कटमा घाइतेहरूको शीघ्र उपचार तथा प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य जोखिम नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना सम्पूर्ण कर्मचारी र स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विपद् व्यवस्थापनको कार्य सम्पन्न नभएसम्म विशेष कारणबाहेक कसैको पनि बिदा तथा काज स्वीकृत नगर्ने निर्णय गर्दै सरकारले सम्पूर्ण स्वास्थ्य संयन्त्रलाई उद्धार र राहतमा पूर्ण रूपमा समर्पित गराएको छ।

स्वास्थ्यमन्त्री निशा मेहताको अध्यक्षतामा बसेको मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले बाढीपहिरो प्रभावित सर्वसाधारणलाई तत्काल र निर्बाध स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो निर्देशन जारी गरेको हो। मन्त्रालय मातहतका विभाग, अस्पताल, प्रतिष्ठान तथा केन्द्रीय निकायका प्रमुख र फोकल पर्सनहरूलाई सार्वजनिक बिदाका दिनमा समेत अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई सेवा सञ्चालन गर्न भनिएको छ।

बाढी प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य सङ्कट र घाइतेहरूको उपचारलाई प्राथमिक स्वास्थ्य केन्द्रदेखि प्रेषण अस्पतालहरूसम्म प्रभावकारी बनाउन यो कदम चालिएको हो। उद्धार तथा उपचारका लागि तोकिएका जिम्मेवार अधिकारीहरूले आ-आफ्नो क्षेत्रबाट अनवरत योगदान पुर्‍याउनुपर्ने दायित्व तोकिएको छ।

मन्त्रालयले अस्पतालहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सार्वजनिक बिदाका दिनमा पनि बाढीपहिरोका घाइतेहरूको उपचारका लागि आवश्यक सबै औषधि र जनशक्ति तयारी अवस्थामा राख्न पत्राचार गरिसकेको छ। प्रभावित क्षेत्रमा खटिने टोलीलाई औषधिको अभाव हुन नदिन र आपत्कालीन उद्धारलाई तीव्र बनाउन मातहतका सबै निकायलाई समन्वय गर्न निर्देशन दिइएको छ।

विपद्को यो कठिन घडीमा स्वास्थ्य सेवालाई निरन्तर र चुस्त बनाएर सम्भावित मानवीय क्षति कम गर्न सम्पूर्ण सरकारी स्वास्थ्य संयन्त्र एकीकृत रूपमा उद्धार र उपचारमा जुटिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?