पेट्रोल पम्प सञ्चालको धारिलो हतियार प्रयोग गरी हत्या

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ७, २०७४
|
|
३९ पटक हेरिएको
Shares
पेट्रोल पम्प सञ्चालको धारिलो हतियार प्रयोग गरी हत्या

सारांश

  • रुपन्देही ।
  • रुपन्देहीको मायादेवी गाउँपालिका १ मा धारिलो हतियार प्रयोग गरी पेट्रोल पम्प सञ्चालको हत्या भएको छ ।
  • राति पम्पमा बसिरहेको अवस्थामा मायादेवी गाउँपालिका वडा नम्बर १ औरोलीका ३५ वर्षीय अब्दुल अयुव खानको हत्या भएको इलाका प्रहरी कार्यालय लुम्विनीका इन्सपेक्टर पुरुषोत्तम राउतले बताए ।

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका १ मा धारिलो हतियार प्रयोग गरी पेट्रोल पम्प सञ्चालको हत्या भएको छ ।

राति पम्पमा बसिरहेको अवस्थामा मायादेवी गाउँपालिका वडा नम्बर १ औरोलीका ३५ वर्षीय अब्दुल अयुव खानको हत्या भएको इलाका प्रहरी कार्यालय लुम्विनीका इन्सपेक्टर पुरुषोत्तम राउतले बताए ।

खानको राति नै हत्या भएको भए पनि बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनले हसन आयल फिडिङ पेट्रोल पम्प सञ्चालन गर्दे आएका थिए ।

टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको भनाई छ । घटना कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय भैरहवासहितको टोली घटनास्थलमा पुगेको थियो । शवलाई जिल्ला अस्पताल भैरहवामा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?