अझै मिलेन भागबन्डा

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १५, २०७९
|
|
४५ पटक हेरिएको
Shares
अझै मिलेन भागबन्डा

सारांश

  • काठमाडौं ।
  • सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा मन्त्रालय भागबन्डामा किचलो बढेको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सानाठूला गरी १० दललाई सहभागी गराउनेगरी मन्त्रालय भागबन्डाको तयारी गरे पनि सहमति जुट्न सकेको छैन ।

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा मन्त्रालय भागबन्डामा किचलो बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सानाठूला गरी १० दललाई सहभागी गराउनेगरी मन्त्रालय भागबन्डाको तयारी गरे पनि सहमति जुट्न सकेको छैन ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकमा ठूला दलले शक्तिशाली मन्त्रालयमा दाबी गर्ने र साना दलले कामचलाउ मन्त्रालय नमान्ने अडान लिएपछि बैठक निष्कर्षविहीन बनेको हो ।

‘ठूला दलले विकासे र प्रभावशाली मन्त्रालय नछाड्ने साना दलले कामचलाउ मन्त्रालय नमान्ने भएपछि मन्त्रालयको नाममा कुरा मिल्न सकेको छैन,’ गठबन्धन आबद्ध दलका एक नेताले  भने । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने बैठकमा कसले कुन मन्त्रालय लिने भन्नेमा कुनै छलफल नै नभएको दाबी गरे ।

‘बैठकमा ओभरल विषयमा छलफल भइरहेको छ, कसले कुन मन्त्रालय लिने भन्नेमा कुरा भएकै छैन, कसैबाट यो मन्त्रालय चाहियो भनेर दाबी पनि भएको छैन,’ कांग्रेस उपसभापति खड्काले गठबन्धन बैठकपछि  भने ।

स्रोतका अनुसार गठबन्धन बैठकमा कांग्रेसले अर्थमन्त्रालयसहित रक्षा, स्वास्थ्य, उद्योग, कृषि, भौतिक, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइसहितका प्रभावशाली मन्त्रालय दाबी गरेको छ । यस्तै, जनता समाजवादी पार्टीको पनि भौतिकसहित सहरी विकास र उद्योग मन्त्रालयमा दाबी देखिएको छ भने नेकपा एकीकृत समाजवादी पार्टीको गृह मन्त्रालयसहितका शक्तिशाली मन्त्रालयमा दाबी आएको छ ।

गठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि भौतिक मन्त्रालयसहित उद्योग र कृषि मन्त्रालयमा दाबी गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रभावशाली मन्त्रालय पाउने कि नपाउने पर्ख र हेरको स्थितिमा छ । मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसलाई सात मन्त्रालय र एक राज्यमन्त्री दिन प्रधानमन्त्री प्रचण्ड तयार देखिएका छन् । नेकपा माओवादी केन्द्रको भागमा हाल कायम संख्या नै कायम हुने सहमति गठबन्धनका बीचमा पहिलेदेखि नै कायम छ । माओवादी केन्द्रबाट हाल सरकारमा प्रधानमन्त्रीसहित पाँच मन्त्री छन् ।

कांग्रेसबाट सरकारमा उपप्रधानमन्त्रीसहित उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने करिब निश्चितजस्तै छ । कांग्रेसबाटै अर्थमन्त्रीमा डा. प्रकाशसरण महत मन्त्री बन्ने पनि पक्काजस्तै छ । यसैगरी, नेकपा माओवादी केन्द्रका केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको तयारी छ । माओवादी केन्द्रले भौतिक छाडेर गृह मन्त्रालय लिने सोच बनाएको छ ।

यसैगरी, रास्वपालाई तीन मन्त्रालय दिएर सरकारमा तान्ने प्रधानमन्त्रीको तयारी छ । पछिल्लो समय रास्वपा गृह मन्त्रालयको अडान छाडेर सरकारमा जान देखिएको छ । यसअघि सो दलले गृह मन्त्रालयको अडान लिँदै आइरहेको थियो भने सरकारबाट बाहिरिँदा पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन यथावत राखेको थियो ।

जनता समाजवादीले तीन मन्त्रालय दाबी गर्दै आए पनि दुई मन्त्रालय दिने प्रधानमन्त्रीको खाका छ । नेकपा एकीकृत समाजवादीले पनि तीन मन्त्रालय दाबी गरे पनि दुई मन्त्रालय दिनेगरी प्रधानमन्त्रीले खाका तयार गरिसकेको बताइन्छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई पनि एक–एक मन्त्रालयसहित सरकारमा सहभागी गराउनेगरी प्रधानमन्त्री प्रचण्डले तयारी गर्दै आएका छन् । तर, उनीहरूको दाबी दुई–दुई मन्त्रालयमा छ ।

प्रभु शाह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जाने निश्चित छ भने बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टी पनि सरकारमा जानेगरी खाका बनाइएको छ ।

मंगलबारको गठबन्धन बैठकमा मन्त्रीको संख्या र मन्त्रालयको नाममा सहमति नजुटेपछि बुधबार (आज) बिहान ९ बजेका लागि पुनः गठबन्धन बैठक डाकिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारी, नेपाल समाजवादी पार्टीका तर्फबाट अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादव, नागरिक उन्मुक्ति पार्टीबाट सभापति रञ्जिता श्रेष्ठ चौधरी र अरुण चौधरी, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जसपाबाट राजेन्द्र श्रेष्ठ र आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा सहभागी थिए ।

बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बुधबार बस्ने बैठकमा छलफल गरेर मन्त्रिपरिषद् विस्तार हुने बताए । मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका ’boutमा मात्रै छलफल भएको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले पेस गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा सरकारको प्राथमिकताका विभिन्न नौबुँदा समेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो
कोरियाली भाषा परिक्षाको आवेदन आगामी फागुनमा
कोरियाली भाषा परिक्षाको आवेदन आगामी फागुनमा
माधव नेपाल प्रदिप नेपालको घरमा, के के कुरा भयो ?
माधव नेपाल प्रदिप नेपालको घरमा, के के कुरा भयो ?
बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा आमोवादीको अग्रता
बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा आमोवादीको अग्रता
सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो
सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !
केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
अमेरिकी खुफिया एजेन्सी सीआईए परेवाबाट यसरी गराउँथ्यो जासुसी
अमेरिकी खुफिया एजेन्सी सीआईए परेवाबाट यसरी गराउँथ्यो जासुसी

तपाईंले छुटाउनुभयो कि?