पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ४, २०७५
|
|
६६ पटक हेरिएको
Shares
पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

सारांश

  • काठमाडौँ, ४ पुस .
  • पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो ।
  • डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ, ४ पुस . पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो । डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले राससलाई जानकारी दिनुभयो । “साधारण नागरिकका रुपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो”, श्रीमती गिरीले भन्नुभयो ।

पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुग्नुभएको थियो । विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने पहिलो पूर्वप्रधानमन्त्री डा गिरी बन्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गर्ने भनिए पनि उहाँका परिवारले मानेका थिएनन् । मङ्गलबार बिहान ९३ वर्षको उमेरमा उहाँको निधन भएको थियो । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहको शासनकालमा डा गिरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को उपाध्यक्ष बन्नुभएको थियो । नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गर्नुभएका गिरी विसं २०१७ पुस १ गतेको शाही कदमपछि पञ्चायतमा सक्रिय हुनुभएको थियो ।

विद्युतीयमा नौ हजार शव जलाइए

विद्युतीय शवदाहगृहमा पूर्वमन्त्री एवं न्यूरो सर्जन डा उपेन्द्र देवकोटा र नेपाली नागरिकता लिनुभएकी बारबरा एडम्सलगायतको अन्त्येष्टि भएको थियो । विद्युतीय शवदाह गृहमा हालसम्म नौ हजार २५१ को शव जलाइएको कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले राससलाई जानकारी दिनुभयो ।

विसं २०७२ माघ १० गतेदेखि विद्युतीय शवदाह गृह सञ्चालनमा आएको हो । तीन वटा चेम्बर भए पनि हाल दुई वटामात्र चलिरहेको कोषले जनाएको छ । दुई वटा चल्दा पनि आलोपालो गर्नुपर्छ । अर्को चेम्बर चलाउन टेण्डर आह्वान गर्ने प्रक्रिया शुरु भएको छ ।

विद्युतीय शवदाह गृहमा आकर्षण बढे पनि पालो कुर्नुपर्ने समस्या रहेको जनाइएको छ । विद्युतीय यन्त्रबाट एक घण्टामै दाह संस्कार सकिन्छ । दाउराबाट संस्कार गर्दा चार घण्टा लाग्छ । विद्युतीय शवदाह गृह वातावरणमैत्री हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बदर मत दिन सिकाउने सिके राउतका कार्यकर्ता पक्राउ
भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना
भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना
गृह मन्त्रालयबाट पहुँचवाला प्रहरीले भनसुनबाट पाउने तक्मा हटाइने
गृह मन्त्रालयबाट पहुँचवाला प्रहरीले भनसुनबाट पाउने तक्मा हटाइने
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
आज कति छ विदेशी मुद्राको विनिमय मूल्य ?
आज कति छ विदेशी मुद्राको विनिमय मूल्य ?
कांग्रेसको बैठकमा देउवालाई थामिनसक्नु प्रश्नको बौछार
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या

तपाईंले छुटाउनुभयो कि?