“सरकारी छाप र हस्ताक्षरकीर्तेको ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष ७, २०७५
|
|
६५ पटक हेरिएको
Shares
“सरकारी छाप र हस्ताक्षरकीर्तेको  ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?

सारांश

  • पर्वत कुस्मा  ।
  • जिल्ला प्रहरी कार्यालय पर्वतले सरकारी छाप, कार्यालय प्रमुखको हस्ताक्षर लगायत अन्य कीर्ते गर्ने कार्यमा संलग्न एकजना पत्रकारलाई नियन्त्रणमा लिएर कार्बाही अघी बढाएको छ ।
  •   पक्राउ परेका व्यवसायी राजु पौडेल पत्रकार हुन् ।

पर्वत कुस्मा  । जिल्ला प्रहरी कार्यालय पर्वतले सरकारी छाप, कार्यालय प्रमुखको हस्ताक्षर लगायत अन्य कीर्ते गर्ने कार्यमा संलग्न एकजना पत्रकारलाई नियन्त्रणमा लिएर कार्बाही अघी बढाएको छ ।  पक्राउ परेका व्यवसायी राजु पौडेल पत्रकार हुन् । उनी नेपाल पत्रकार महासँघ पर्वतका सहसचिव, राससका प्रतिनिधी, कुशुमपुर टुडेका पत्रिकाका सम्पादकको रुपमा कार्यरत छन् । पत्रकार नै कीर्तेमा संलग्न भएको पाइएपछि जिल्लामा सनसनी फैलिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले बुधवार पर्वत सदरमुकाम कुस्मा बजार स्थित एक दर्जन कम्प्यूटर ईन्स्टिच्यूटहरुमा छापा मार्र्दा कम्प्युटर ईन्स्टिच्यूटमा प्रशासनको छाप, कागजात र जिल्ला प्रहरी कार्यालयका प्रमुखको हस्ताक्षरको नमूना भेटिएको छ । प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार न्यू मनकामना कम्प्यूटर ईन्स्टिच्यूटमा कीर्ते कागजातहरु भेटिएका छन् ।

‘गम्भीर खालका दस्तावेज भेटिएकाले सञ्चालक राजु पौडेललाई बुधवार नै पक्राउ गरेका छौँ,’ प्रनाउ तिवारीले भने,‘ हामी अनुसन्धानमै छौँ, कारवाही गर्छौँ ।’ पौडेलको न्यू मनकामना कम्प्यूटर ईन्स्टिच्यूटको घर्राबाट प्रहरीले प्रशासनको छाप, कागजात र जिल्ला प्रहरी कार्यालय प्रमुखको हस्ताक्षर भेटाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सरकारी छाप, लोगो र हस्ताक्षरको प्रयोग गरि नक्कली कागजात बनाउने गरेको उजुरी पछि प्रहरीले छापा मारेको जनाएको छ । पक्राउ परेका व्यक्ति उपर कानुन अनुसार कारवाहि अगाडी बढ्ने प्रनाउ तिवारीले जानकारी दिए । उनले कस्तो कारवाही हुन्छ भन्ने कुरा आवश्यक कागजात तयार पछि भन्ने बताए ।

पत्रकार पौडेललाई छाड्न दवाव आएको होला नि भन्ने प्रश्नमा प्रनाउ तिवारीले भने,’ दबाव आएको छैन । दवाव दिएपनि छोड्दैनौँ ।’ बुधवार दिउँसो जिल्ला प्रशासन कार्यालयले बोलाएको बैठकमा सरोकारवालाहरुले सरकारी कागजात दुरुपयोग भएकोमा प्रशासन मौन बसेको भन्दै आलोचना गरेका थिए । बैठकमा पत्रकार गणेश पौडेलले गम्भीर प्रश्न उठाउदै’ कम्प्यूटर ईन्स्टीच्यूटले प्रशासन चलाईरहेका छन् । तपाईहरु कारवाहि गर्नुहुन्न भने हामी समाचार लेख्छौँ ।’ उनले त्यसो भन्दा बित्तिकै प्रनाउ तिवारीले प्रहरी निरीक्षकलाई तत्काल छापा मार्न आदेश दिएका थिए ।

सूत्रका अनुसार पर्वतमा कम्प्युटर ईन्स्टीच्यूटमा कीर्ते कागजात बनाउने कुरा नौलो होईन । अहिले सम्म प्रशासनले कसैलाई कारवाही नहुँदा खुलेआम कीर्ते गर्ने गिरोह सक्रिय छन् । पक्राउ परेका पौडेल एक उदाहरण पात्र बनेपनि जिल्लाका अन्य ईन्स्टीच्यूटमा पनि यस्तै गैह्र कानुनी कार्य हुँदै आएको जनगुनासो सुनिन्छ । सर्वसाधारणहरुलाई मोटो रकम लिएर जन्मदर्ता, नागरिकताको सिफारिस, बैदेशिक रोजगारीमा जानेहरुलाई आवश्यक पर्ने प्रमाणपत्रहरु बनाउने कार्यमा कम्प्यूटर ईन्स्टीच्यूट संलग्न हुने गरेका छन् । उनीहरुले नक्कली शैक्षिक प्रमाणपत्र समेत बनाउने गरेको समेत बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
आठौँ राष्ट्रिय खेलकूदः२४ तेक्वान्दो खेलाडी छनोट
आठौँ राष्ट्रिय खेलकूदः२४ तेक्वान्दो खेलाडी छनोट
सिसापाङमामा नेपालको झण्डा फहराउँदा…
सिसापाङमामा नेपालको झण्डा फहराउँदा…
सुन्दर लुप्लुङको बिग्रदो अनुहार! चुनढुंगाले ध्वस्त लुप्लुङ
सुन्दर लुप्लुङको बिग्रदो अनुहार! चुनढुंगाले ध्वस्त लुप्लुङ
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
डडेलधुरामा वाम गठबन्धनका उम्मेदवार विजयी
डडेलधुरामा वाम गठबन्धनका उम्मेदवार विजयी
हेलिकप्टरकै भर, बर्सेनि दुर्घटना
हेलिकप्टरकै भर, बर्सेनि दुर्घटना
राजपामा पहिरोः दुई महासचिवले पार्टी छाडे
राजपामा पहिरोः दुई महासचिवले पार्टी छाडे
शनिबार पोखरामा फुल कन्ट्याक्ट कराते हुने, विजयी महिला पुरुष खेलाडीलाई १/१ लाख पुरस्कार
शनिबार पोखरामा फुल कन्ट्याक्ट कराते हुने, विजयी महिला पुरुष खेलाडीलाई १/१ लाख पुरस्कार

तपाईंले छुटाउनुभयो कि?