निर्मला हत्या प्रकरण : विशाला चौधरी रिहा, भन्छन् कुटपिटका डरले हत्या स्वीकारे

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ८, २०७५
|
|
५० पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरण : विशाला चौधरी रिहा, भन्छन् कुटपिटका डरले हत्या स्वीकारे

सारांश

  • निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई शुक्रबार प्रहरीले रिहा गरेको छ ।
  • अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कञ्चनपुर भीमदत्त नगरपालिका १८, सालघारीका १६ वर्षीय चौधरीलाई पक्राउ गरेको थियो ।
  • चौधरीलाई हिरासतमै रहेका भीमदत्त नगरपालिका १८, भगतपुरका प्रदिप रावलको वयानपछि पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ ल्याइएको थियो ।

निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई शुक्रबार प्रहरीले रिहा गरेको छ । अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कञ्चनपुर भीमदत्त नगरपालिका १८, सालघारीका १६ वर्षीय चौधरीलाई पक्राउ गरेको थियो । चौधरीलाई हिरासतमै रहेका भीमदत्त नगरपालिका १८, भगतपुरका प्रदिप रावलको वयानपछि पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ ल्याइएको थियो ।

प्रहरीले चौधरीको डिएनए नमिलेपछि रिहा गरेको जनाएको छ । उनलाई प्रहरीले बालबालिका खोजतलास केन्द्रको जिम्मा लगाएर रिहा गरेको थियो ।

निर्मला पन्तको बलात्कार र हत्या भएको ५ महिना पुग्न लागि सकेको छ । छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमाले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको बाहिर सुरु गरेको अनिश्चितकालीन धर्ना जारी छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका विशालले आफूलाई डरत्रास देखाएपछि आरोप स्वीकारेको बताएका छन् ।

शनिबार महेन्द्रनगर पुगेका विशालले प्रहरीले मानसिक यातना दिएकै कारणले आफूले स्वीकार गरेको बताए । ‘प्रदिपले स्वीकारी सक्यो त पनि स्वीकार नत्र राम्रो हुन्न भनेर डर देखाइयो’, शनिबार प्रहरी कार्यालयमा पत्रकारमाँझ उनले भने ‘मारिदिन्छौ भन्ने जस्ता धम्कीले मलाई पनि डर लाग्यो र आरोप स्वीकारेको हुँ ।’ उनले प्रहरीले कञ्चनपुरमै पक्राउ गरेपछि आफूलाई डर देखाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
४ सय १८ जना कर्मचारीको सरुवा ,सर्वाेच्चमा हंगामा, आमरण अनसनको तयारी
४ सय १८ जना कर्मचारीको सरुवा ,सर्वाेच्चमा हंगामा, आमरण अनसनको तयारी
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)
फ्रान्समा पारिश्रमिक वृद्धि र कर छुटको घोषणा
फ्रान्समा पारिश्रमिक वृद्धि र कर छुटको घोषणा
लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गरिने
लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गरिने
तरकारीमा विचौलियाको ‘दादागिरी’ किनबेच रोकेर हडतालमा
तरकारीमा विचौलियाको ‘दादागिरी’ किनबेच रोकेर हडतालमा
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी
तेस्रो लिंगीको चुनावः मैदानमा पिंकी, शिल्पालाई एमालेले धोका दियो
तेस्रो लिंगीको चुनावः मैदानमा पिंकी, शिल्पालाई एमालेले धोका दियो
पसलमा ग्राहक बनेर आउनेले नै केसीको हत्या …
पसलमा ग्राहक बनेर आउनेले नै केसीको हत्या …

तपाईंले छुटाउनुभयो कि?