Saturday, April 20
Shadow

कला/साहित्य

रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक

रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक

कला/साहित्य, भिडियो, मनोरन्जन, संगीत
काठमाडौं, ७ पुष । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर रहेको ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरिएको छ । जीवनमा रहेका सुनौला पललाई गीतमार्फत शेयर गरिएको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रमिला बस्नेतको शब्द तथा विकास चौधरीको संगीत रहेको छ । गीतको भिडियोमा अभिनास बज्रचार्यको छायांकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन छ । https://www.youtube.com/watch?v=QYi9QCxL6l4...
फोटोपत्रकार वन्तको ‘परदेशीको पिडा’ सार्वजनिक

फोटोपत्रकार वन्तको ‘परदेशीको पिडा’ सार्वजनिक

कला/साहित्य, भिडियो
काठमाडौं, कार्तिक । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘ परदेशीको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गर्नुभयो । काठमाडौंको न्यूरोडस्थित रिभोल्भीङ रेष्टुरेन्टमा विमोचन कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाईको विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताउनुभयो । र...
गायिका सपना सुनामकाे स्वरमा औंठाछाप

गायिका सपना सुनामकाे स्वरमा औंठाछाप

कला/साहित्य
काठमाडौ । ओखलढुङ्गेली गायकद्वय सपना सुनाम र पूर्ण विकको स्वरमा रहेको लोक दोहोरी गीत औंठाछाप युट्युव मार्फत सार्बजनिक भएको छ । उक्त लोकदोहोरी गीत युट्युव मार्फत भदाै महिनामै सार्बजनिक भएको हो । ठट्यौली पारामा माया पिरतीको कुरा रहेको लोकदोहोरी गीत औंठाछापमा शब्द संगीत हरि डि.सी.को रहेको छ । त्यस्तै दृश्य तर्फ ध्रुव हिमाली र रुविना अधिकारी लगायतले अभिनय प्रस्तुत गरेका छन् । अभिनयको निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । गायिका सपना सुनाम राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ओखलढुङ्गाका अध्यक्ष पनि हुन् । पछिल्लो समय कोरोनाको महामारीका कारण देशमा लकडाउनले अस्तव्य भैरहेको बेला पनि कलाकारहरुले आफ्नो कला र गलालाई विभिन्न माध्यम मार्फत सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा यो लोक दोहोरी गीत औठाछाप पनि सार्बजनिक भएको हो । गायिका सपनासहित सबै स्रष्टालाई याे गितकाे पुर्ण सफलतासँगै अभियान पाेष्ट डटकम ...
वसन्तपुरमा ठडियो चीर, सुरु भयो होली

वसन्तपुरमा ठडियो चीर, सुरु भयो होली

कला/साहित्य, समाज
२० फागुन, काठमाडौं । फागु अर्थात् होली पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो । वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरमा चीर ठड्याइसकेपछि हर्ष बढाइँ गरिएको थियो । साथै सहभागीहरुबीच रंगीबिरंगी अबिर दलेर खुसीयाली मनाइएको थियो ।   फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ । रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।        ...
फिकुरीको हिउँमा अशोक सिलवालको किताब विमोचन

फिकुरीको हिउँमा अशोक सिलवालको किताब विमोचन

कला/साहित्य
लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ नुवाकोटको फिकुरीमा विमोचन भएको छ । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामूहिक विमोचन गरेका हुन् । ३८०० मिटरको उचाईंमा रहेको फिकुरी डाँडाबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । एक्कासी परेको भारी हिमपातका कारण पदयात्री समुह भेडीखर्कबाट फर्किएको थियो । ‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो’, बाक्लो हिउँमा उभिएर नेपाल पर्यटन बोर्ड (एनटीवी) सदस्य दीपक महतले भने, ‘महासागरले घेरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरुबाट सामुहिक रुपमा विमोचित हुनु पु...