Saturday, May 18
Shadow

बागमती प्रदेश

असिनापानीले सिन्धुलीको जुनार  क्षति

असिनापानीले सिन्धुलीको जुनार क्षति

बागमती प्रदेश
खनियाँखर्क । असिना पानीले सिन्धुलीको महाभारत क्षेत्रमा एक हजार चार सय हेक्टर क्षेत्रफलमा लगाइएको जुनार खेतीमा ब्यापक क्षति पुगेको छ । फूल खेल्ने र साना गेडा लाग्ने बेलामा असिनाले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । सिन्धुलीलाई जुनारको पकेट क्षेत्रका रुपमा लिइन्छ । जुनार उत्पादन सहकारी संघ लिमिटेडका अध्यक्ष निर्मल रम्तेलले असिनाले जुनारमा गम्भीर क्षति पुर्याएको बताउनुभयो । जुनार बगैंचामा असिना जमेको छ । फूल र मसिना दाना झारेको छ । लकडाउनका कारण जुनारको उपचारमा समस्या आएको समयमा असिनाले पनि क्षति पुर्याएपछि किसानलाई राहतको माग जुनार सहकारीले गरेको छ । जुनार सहकारीका अनुसार, सिन्धुलीको गोलन्जोर गाउँपालिकाको रतनचुरा, तिनकन्या लगायत क्षेत्रमा जुनार क्षति पुगेको छ । खनियाँखर्क र तिनकन्याकाे जुनारमा ८० प्रतिशत क्षति पुगेकाे दावी किसानकाे छ । जुनार सुपरजाेनका प्रमुख देवराज अधिकारीले  ...
श्रमजीवीका पक्षमा सर्जकहरुले गरे सरकारलाई सजग

श्रमजीवीका पक्षमा सर्जकहरुले गरे सरकारलाई सजग

बागमती प्रदेश
काठमाडौ । ख्याति कमाएका दर्जनाैं सर्जकहरुले मजदुर र श्रमजीवीलाई बाँच्न पाउने ग्यारेण्टी गर्न सरकारलाई सुजाएका छन् । बिश्व कोरोना भाइरल कोभिड 19 विरुद्धको लडाइँ रहेका बेला नेपालमा पनि यो बन्दाबन्दीको कडा असर परेको भन्दै उनीहरुले अहिलेकाे कठिन परिस्थितिमा मजदुर किसान साना आय भएका ब्यबसायी तथा  श्रमजीवी बर्ग अभाव भोकमरी हैरानी  खेप्न बाध्य भएको बताएका छन् । प्रमुख अभियान्ता रसुवाली कवि, वरिष्ठ कवि श्रवण मुकारुङ, अशाेक सुवेदीसहित दर्जनाैं अभियान्ताहरुले भनेका छन्, "रातरात शहर छोडेर गाउँतिर लम्किरहेका मान्छेहरुको हुल देख्दा तपाईं हाम्रो हृदय पग्लिन्छ । मानवताको भाव जागृत हुन्छ ।" लकडाउनलाई झन कडा बनाउने नाउँमा प्रहरी आक्रमक बन्दै गएको भन्दै अभियान्ताहरुले अस्पतालबाट घर फर्किरहेका डाक्टर औषधी किनेर आएका सर्बसाधारण तथा गाउँ फर्किन बाध्यहरुलाइ प्रहरीले आक्रमण गरेकोमा कडा शब्दमा निन्दा गरे...
विप्लवका दाजुसहित ६ खेलाडी छुटे

विप्लवका दाजुसहित ६ खेलाडी छुटे

बागमती प्रदेश
काठमाडाैं । नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द्र बहादुर चन्द र महासचिव विनाेद चन्सद ठकुरीसहित ६ जना  खेलाडी रिहा भएका छन् । जिल्ला अदालत ललितपुरकाे आदेशमा अध्यक्ष चन्द सहित ६ जना बिहिबार रिहा भएको सोहि संगठनका केन्द्रीय उपाध्यक्ष सिवि सिंह ठकुरीले जनाए । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'का दाजुसमेत रहेका जयन्द्रसहित महासचिव बिनाेद र केन्द्रीय सदस्यद्वय कमल आरसी र प्रेम केसी तथा अन्य २ जनासहित ६ जना रिहा भएका हुन । गत चैत ९ गते उनीहरूलाई ललितपुरबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेकाे थियाे । नेकपा महासचिव विप्लवसँगको राजनीतिक पूर्वाग्रह साँधेर ओली सरकारले अध्यक्ष जयन्द्र चन्दलाई गिरफ्तार गरेको महासंघले दावी गर्दै आएको थियो । अध्यक्ष चन्द स्वयम राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी समेत हुन् । न्यायाधिस महेन्द्र बहादुर कार्कीको १ नम...
रोकेन लकडाउनले भक्तपुरको ऐतिहासिक परम्परा

रोकेन लकडाउनले भक्तपुरको ऐतिहासिक परम्परा

फोटो, बागमती प्रदेश
काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण जात्रा, मेला महोत्सव सबै स्थगित भएका छन् । तर, हामी धार्मिक आस्था र परम्परा नअपनाइरहन कहाँ सक्छौं र । घर बाहिर निस्किन सरकारले लगाएको प्रतिबन्धका बाबजुद सोमबार बिहानै भक्तपुरका बासिन्दा बिस्केट जात्रा अन्तर्गतको परम्परागत पूजा विधिमा सहभागी भए । मल्कालदेखि चल्दै आएको परम्पराअनुसार नयाँ वर्षको दिन भक्तपुरमा बिस्केट जात्रा मनाइन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा ल्हासिखेलमा लिंगो उठाइन्छ । वैशाख १ गते तौमढीस्थित न्यातपोलबाट भैरव र भद्रकालीको रथ तानेपछि सो लिंगो ढालिन्छ । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थानीय प्रशासनले बिस्केट जात्रा र बिस्केट जात्राकै नमनाउने निर्णय गर्‍यो । रथ तान्ने, धेरै मानिसहरु भेला भएर जात्रा मनाउने नगरे पनि ल्हासिखेलमा आज विहानै पूजा गर्नेहरुको भिड लाग्यो । स्थानीयबासी हातमा पूजाको थाली लिएर ...
हिरा लुट्ने नाइकेको फेसबुक प्रोफाइल पिक्चरमा प्रधानमन्त्री ओली

हिरा लुट्ने नाइकेको फेसबुक प्रोफाइल पिक्चरमा प्रधानमन्त्री ओली

बागमती प्रदेश
मकवानपुर  हिरा लुट्ने गिरोहका मुख्य नाइके आफुलाई पत्रकार भन्ने सुजन आचार्यलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी हिरासतमा राखेको छ । बहालवाला प्रधामन्त्री केपी शर्मा ओलीसंग टिका लगाएको फोटो उनले  फेसबुकको कभर राखेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतले दिएको जानकारी अनुसार उनले आफुलाई प्रधानमन्त्री ओलीको भान्जाको रुपमा प्रस्तुत गरेका थिए । म प्रधानमन्त्री ओलीको भान्जा हो, तिमिहरुले मलाई कति मिनेट थुनेर राख्न सक्छौ भन्दै प्रहरीलाई उनले धम्की दिएका थिए । प्रहरीको बिचमा आचार्यले आफु पत्रकार ऋषि धमलाको सालो भनेर पनि तर्साउन खोजेका थिए । तर उहाँ पत्रकार ऋषि धमलाको सालो र प्रधानमन्त्री ओलीको भान्जो नभएको स्रोतले दाबी गरेको छ । बरु उनीहरुले आबद्धनै नभएको मिडियाको परिचय पत्र बनाएर त्यसको दुरुपयोग गरेको स्रोत बताउँछ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आचार्यसहित ४ जनालाई १० दिन...
काठमाडौमा अहिलेसम्म एकजना मात्र काेराेना संक्रमित

काठमाडौमा अहिलेसम्म एकजना मात्र काेराेना संक्रमित

बागमती प्रदेश
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् ।१९ वर्षकी उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेकी थिइन् । तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा  परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । अब उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ । स्वास्थ्यमन्त्री ढकालले धैर्य नगुमाउन र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् । यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटि...
विप्लवका दाजुसहित ६ जना जावलाखेल प्रहरीमा

विप्लवका दाजुसहित ६ जना जावलाखेल प्रहरीमा

बागमती प्रदेश
नेकपाका महासचिव विप्लवका माइला दाजु जयन्द्रबहादुर चन्दसहित ६ जनालाई जावलाखेलस्थित महानगरीय प्रहरी बृत्तमा राखिएकाे छ । अभियानपाेष्टकर्मीसँगकाे भेटमा नेपाल गणतन्त्रिक खेलकुुुद महासंघका अध्यक्ष समेत रहेका चन्द र महासचिव विनाेद चन्द ठकुरीले महासंघकाे बैठक बसिरहेका बेला अाफुहरुलाई घेरा हाली बिनाकारण पक्राउ गरिएकाे बताए । ६ जनालाई नै अाजै म्याद थपका लागि अदालत लगिदैछ । अन्य ४ जनामा महासंघका केन्द्रीय सदस्य प्रेम केसी, कमल अारसी र साधारण सदस्य अनिल पुन मगर र कृष्ण थापामगर छन् । ६ जनालाई नै अाजै म्याद थपेर मुद्दा लगाउने प्रहरीले तयारी गरिरहेकाे छ ।...
विस्फाेटकाेे अाशंकामा विप्लवका तीन नेता पक्राउ

विस्फाेटकाेे अाशंकामा विप्लवका तीन नेता पक्राउ

बागमती प्रदेश
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका तीन नेतालाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपाका युवा नेताहरु अमिल कुमाल, लक्ष्मण सेटी र टेक लुहारलाई शुक्रबार साँझ प्रहरीले काठमाडौंको रानीबारीबाट गिरफ्तार गरेको हो । कुमाल र सेटी कैलालीका हुन् भने लुहार कालिकोटका भएको प्रहरीले स्रोतले बताएको छ । तीनै जनालाई अपराध महाशाखा टेकुमा राखिएको छ । प्रहरीले उनिहरुबारे थप अनुसन्धान गरिरहेको छ । पूर्वसंचरमन्त्री गोकुल बास्कोटाको घरमा भएको बिस्फोटमा संलग्न भएको आशंकामा गिरफ्तार गरेको प्रहरी उच्च स्रोतले बतायो ।...
यो बर्ष जुनारबाट झण्डै चालीस करोड रुपैया भित्रियो

यो बर्ष जुनारबाट झण्डै चालीस करोड रुपैया भित्रियो

बागमती प्रदेश
तीनकन्या (सिन्धुली),६ चैत – गोलन्जोर गाँउपालिका–४ तीनकन्या निवासी जुनार किसान लोकबहादुर आलेमगरले यो बर्ष मात्रै आफ्नो बगैचामा फलेको जुनार बिक्री गरी नौ लाख रुपैया आम्दानी लिनु भएको छ । १८ रोपनी जमिनमा गरेको जुनार खेतीबाट एक सिजनमा उक्त आम्दानी लिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “झण्डै पाँच सय बोटमा फलेको जुनार मङसिरदेखि फागुनसम्म बेचेर नौ लाख रुपैया जती आम्दानी लिए । राम्रो आम्दानी लिन सफल भएकोले यो बर्ष फेरी चार रोपनी जमिन किनेर जुनार खेती बिस्तार गर्दै छु ।” २०४२ सालमा बुबाले रोप्नु भएको एक सय बोट जुनार खेतीलाई बिस्तार गरी अहिले पाँच सय बोट पुर्‍याएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “सुरुमा बगैचाबाटै जुनार प्रतिकेजी ५० रुपैयामा बिक्री गरेको थिए । फागुनको दोस्रो सातासम्म आईपुग्दा ७० रुपैयासम्म प्रति केजी बिक्री गरे ।” जुनार खेती नै आफ्नो मुख्य पेसा रहेको र गत बर्ष छ लाख रुप...
बेपत्ता छानविन आयाेगकाे सूचीमा मन्त्री नै ‘बेपत्ता’

बेपत्ता छानविन आयाेगकाे सूचीमा मन्त्री नै ‘बेपत्ता’

बागमती प्रदेश
काठमाडौ । खानेपानी मन्त्री बिना मगरको नाम जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा रहेको पाइएको छ । बेपत्ता छानबिन आयोगको वेबसाइटमा राखिएको सूचीको १९० नम्बरमा बिना मगरको नाम समावेश छ । आयोगले अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५०६ व्यक्तिको नाम आयोगको वेबसाइटमा राखिएको छ, जसमा बहालवाला मन्त्री मगरको नाम समेत समावेश छ ।आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए । आयोगको सूची अनुसार सबैभन्दा धेरै उजुरी बर्दियाबाट परेका छन्, जहाँ २५४ जना बेपत्ता भएको सूचीमा उल्लेख छ । दाङमा १२८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ...
हेटौंडामा नेविसंघले बाड्यो गोजी पात्रो र मास्क

हेटौंडामा नेविसंघले बाड्यो गोजी पात्रो र मास्क

बागमती प्रदेश
हेटौंडा, ४ चैत्र । नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हेटौंडामा गोजी पात्रो र मास्क वितरण गरेको छ । संघले सोमबार नोभेल कोरोना भाइरससम्बन्धि जनचेतना जगाउने उद्देश्यले सन्देशमुलक गोजी पात्रो र मास्क वितरण गरेको हो । संघले ५ हजार जनालाई गोजी पात्रो र ५ सय जना चालक तथा सह–चालकलाई मास्क वितरण गरेको हो । हेटौंडाको फरेस्टी चोकमा अटो, मयूरी, बसलगायतका सवारी चालक तथा सह–चालकलाई पात्रो र मास्क वितरण गरेको नेबिसंघ जिल्ला सदस्य सन्तोष चौलागाईले बताउनुभयो । वितरण गरिएको ५ सय थान मास्क नेविसंघ नगर सभापति तथा कार्यक्रमका नगर संयोजक दिपेन्द्र तिवारीले सौजन्य गर्नुभएको थियो ।...
मास्क लुकाउने ७ जना पक्राउ

मास्क लुकाउने ७ जना पक्राउ

बागमती प्रदेश
काठमाडौ । कोरोना भाइरसको हल्लाले कालोबजारी बढेका बेला प्रहरीले गरेको अप्रेसनमा ७ जनालाई पक्राउ परेका छन् । महानगरीय प्रहरी परीसरका डीएसपी होबिन्द्र बोगटीकाअनुसार आइतबार बढी मूल्यमा बिक्री गरेर लैजादै गरेको बेला समाएपछि घटनाको अनुसन्धान गर्दै जाँदा आरडीजी इन्टरनेसनल प्रालिको गोदामबाट उक्त परिमाणको मास्क फेला परेको हो। मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइने प्रहरीले जनाएको छ। कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । कालोबजारी गर्नेहरुले सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको उपभोक्ताको गुनासो छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको छ। व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्...
“काेराेना”बाट संक्रमितहरुकाे स्वास्थ्य लाभकाेे लागि पुजा

“काेराेना”बाट संक्रमितहरुकाे स्वास्थ्य लाभकाेे लागि पुजा

बागमती प्रदेश
काठमाडौ । "वर्ल्ड फाेरफ फर बुद्धिजम्"ले काेराेना भाइरसबाट संक्रमित १लाख ५ हजार ८ सय ३६ जना काेराेना भाइरसबाट संक्रमितहरुकाेे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै बााैद्ध स्तुपामा आइतवार बृहत पुजापाठ गरेकाे छ । छिमेकी राष्ट्र चीनकाे हुवान प्रान्तबाट उत्पन्न भएकाे नयाँ खत्तरनाक भाइरस "काेराेना" काे संक्रमणबाट अहिलेसम्म बिश्वमा ३ हजार ५ सय ९५ जनाकाे मृत्यु भएकाे छ । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार बिश्वका १ सय एक मुलुकमा १लाख ५ हजार ८ सय ३६ जना काेराेना भाइरसबाट संक्रमित छन् । "वर्ल्ड फाेरम फर बुद्धिजम्"ले दिप प्रज्वलन गरेर मृतककाे आत्म शान्ति गर्दै संक्रमितहरुकाे स्वास्थ्य लाभकाे कामना गरेकाे छ । फाेरमका अध्यक्ष तथा पुर्व सभाषद भिक्षु आनन्द, उपाध्यक्ष आ. के शाक्य, महासचिव भेषराज लुईंटेल, केन्द्रीय सदस्य पाल्देेेन लामा, सिविएम नेपालका अध्यक्ष भिक्षु तपस्वी धाम, सिमला इण्डियाक...
हेटौंडामा दुई दिने अभिमुखिकरण सम्पन्न

हेटौंडामा दुई दिने अभिमुखिकरण सम्पन्न

बागमती प्रदेश
हेटौंडा, २५ फागुन । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबिच भएको द्विपक्षीय सम्झौताअनुसार एकीकृत ग्रामिण सेवा विकास, हेटौंडाको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । हेल्भेट्स नेपालको प्राविधिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामीको कर्मचारीहरुका लागि संचालन भएको अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं भन्ने मुल नाराका साथ यो परियोजना १६ डिसेम्बर २०१८ देखि १५ जुलाई २०२२ सम्म संचालन गरिएको हो ।कर्मचारीको दायित्व र आपसमा कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने विषयमा भएको अभिमुखिकरण कार्यक्रममा २२ जना सहभागि रहेको थियो । देशका ३९ जिल्लाका १ सय ५६ वटा स्थानिय तहको प्रमुखको अध्यक्षतामा...
हेटौंडाका बल प्रहरीको नियन्त्रणमा

हेटौंडाका बल प्रहरीको नियन्त्रणमा

बागमती प्रदेश
हेटौंडा, २१ फागुन । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित हेटौंडाका एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागूऔषध गाँजा १ किलोसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ फारलाईन बस्ने ५७ वर्षीय रामबहादुर बललाई नियन्त्रणमा लिएको हो । बललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मंगलबार घरबाटै नियन्त्रणमा लिएको जनाइएको छ । उहाँलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही गरिरहेको मकवानपुर प्रहरीले जनाइएको छ ।...

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ४४ जना घाइते, ६ जनाको अवस्था गम्भीर

बागमती प्रदेश
काभ्रेपलाञ्चोक, २१ फागुन । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । मंगलबार बिहान रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस दुर्घटना हुँदा ४४ जना घाइते भएको प्रहरीले जनाएको छ । बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक झाले भने, ‘घाइतेहरुको नाम र ठेगाना खुलेको छैन, हामीले उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपश्चात् अस्पतालतर्फ पठाएका छौँ ।’ गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस...