Saturday, May 18
Shadow

बागमती प्रदेश

सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ  थप सामग्री

सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ  थप सामग्री

बागमती प्रदेश, समाज
काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले डल्लुबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएर डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरूलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरिएको हो । बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिलाई चिन्न नसकेको बताए पनि सीसीटीभी फुटेजको सहायतबाट प्रहरीले २ जनालाई समात्न सफल भएको हो ।...
कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोले पुरेर एकजनाको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोले पुरेर एकजनाको मृत्यु

बागमती प्रदेश, विशेष खबर, समाज
कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए । आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ । साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको निधन भएको बताइएको छ ।...
पुरानो मेडिकल कलेजले भन्यो : अवैध मिर्गौला प्रत्यारोपणको छानबिनमा सघाउँछौं

पुरानो मेडिकल कलेजले भन्यो : अवैध मिर्गौला प्रत्यारोपणको छानबिनमा सघाउँछौं

बागमती प्रदेश, समाज
चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरले अवैध मृगौला प्रत्यारोपणको घटनामा कलेज दोषी नरहेको दावी गरेको छ । कलेजले घटनाको छानबिनमा सघाउने प्रतिवद्धता पनि जनाएको छ । कलेजका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले आइतबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेका छन् । कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘नितान्त मिर्गौला पीडित बिरामीको जीवन रक्षाका लागि कुनै पनि लाभहानीलाई नहेरी स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरी प्रमाणित तथा प्रमाणीकरण गरेका कागजपत्रका आधार र विश्वास एवम् प्रत्यारोपण स्वीकृति समितिको सिफारिस बमोजिम कलेजले प्रत्यारोपणको कार्य गर्दै आएको छ ।’ विज्ञप्तिमा अवैधानिक र गैरकानुनी काम वा कलेजको निहित स्वार्थका लागि कुनै पनि गतिविधि नभएको दावी गरिएको छ । मानव अंग प्रत्यारोपण जस्तो पवित्र काममा सेवा प्रदान ग...
माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

बागमती प्रदेश, समाज
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडी क्षेत्रमा दीर्घकालीन महत्वका काम गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । बाढी र डुबानको चपेटामा परेका क्षेत्र निरीक्षण गर्न शनिबार माडी पुगेका अध्यक्ष प्रचण्डले आफ्नो बाँकी साढे दुई वर्षको सांसद पदको अवधिभित्र माडीका जनताले सधैं सम्झिरहने दीर्घकालीन महत्वका काम गरेरै छाड्ने बताए । प्रचण्डले भने, ‘मैले अरु सामान्य सांसदले जस्तै केही सामान्य काम गरेर मात्रै सुख पाउँदिनँ, केही गरेरै देखाउनु छ ।’ ‘माडीमा केही न केही विकासका दीर्घकालीन आधारशिला खडा गर्नु छ, यहाँका जनताले भविश्यमा समेत सम्झिने काम गर्नु छ, रिउ करिडोरमा रिङरोडको काम सुरु हुन्छ,’ प्रचण्डले थपे । ‘२३ किलोमिटर सडकभित्र १२ वटा पुल निर्माण सुरु भयो’ उनले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा आकाशे पुल बनाउने पूर...
मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा भरतपुर मेडिकल कलेजका तीन डाक्टर पक्राउ

मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा भरतपुर मेडिकल कलेजका तीन डाक्टर पक्राउ

बागमती प्रदेश, समाज
भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत तीन डाक्टरलाई पक्राउ गरेको हो । यस्तै जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी पनि पक्राउ परेका छन् । ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन् । \ जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नाम भने खुलाइएको छैन ।  उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप छ । सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले पनि परिचित छ। प्रहरीले अभियुक्तहरुलाई काठमाडौं ल्याउँदै छ भने आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने ब्यूरोको तयारी छ । प्रहरीका अनुसार लामो अनुसन्धानपछि ४ जनाको संलग्नता खुलेको थियो ।...
जम्बुको पहिरोमा हराएका २० जना अझै भेटिएनन्

जम्बुको पहिरोमा हराएका २० जना अझै भेटिएनन्

बागमती प्रदेश, समाज
चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढी पहिरोले बेपत्ता भएका २० जना अझै भेटिएका छैनन् । लगातारको वर्षाले सडक अवरुद्धका कारण उनीहरूको खोजीमा कठिनाइ भइरहेको छ । राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहित सुरक्षाकर्मीले बेपत्ताहरूको खोजी गरिरहेको भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको छ । शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको भने जीवितै उद्धार गरिएको छ उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए । जुरे सडक खोल्ने प्रयास लगातारको वर्षाले बुधबा...
बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न चितवन पुगे प्रचण्ड

बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न चितवन पुगे प्रचण्ड

बागमती प्रदेश, समाज
काठमाडौं । बाढी पहिरोले पुर्‍याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । शनिबार चितवन पुगेका नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् । मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको दाहाले स्थनीयलाई बताए । प्रधानमन्त्रीसँग मिटिङ भए पनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको उनले बताए । माडी र मेघौली दाहालको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्छ ।...
सिन्धुलीमा १७ महिनाअगाडि नै पुल निर्माण सम्पन्न

सिन्धुलीमा १७ महिनाअगाडि नै पुल निर्माण सम्पन्न

बागमती प्रदेश
सिन्धुली । सिन्धुलीमा दुईवटा ५ सय मिटर लामा पुलहरू सम्झौता अवधिभन्दा अगाडि नै निर्माण सम्पन्न भएका छन् । जिल्लाको दुधौली नगरपालिकामा रसुवा कन्स्ट्रक्सनले निर्माण गरेको ५ सय मिटर र ६ सय मिटरका दुईवटा पुल सम्झौता अवधिभन्दा सत्र महिनाअगावै निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । २७ मंसिर ०७४ मा निर्माण सम्झौता भई ०७८ जेठ र मंसिरमा सम्पन्न गर्ने जिम्मा कन्स्ट्रक्सनले पाएको इन्जिनियर डिल्लीप्रसाद ढकालले बताए । उनका अनुसार दुधौली नगरपालिकाको टाँडीमा निर्माण भएको ६ सय मिटर लामो पुल ०७८ मंसिर २७ गतेसम्ममा निर्माण गरिसक्नुपर्ने र डकाहामा निर्माण भएको ५ सय मिटर लामो पुल ०७८ जेठ २७ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेमा ०७७ जेठ तेस्रो हप्ताभित्रै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । जेठ अन्तिमबाट साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न दिएको भए पनि असार १५ बाट भने ठूला सवारीसाधन सञ्चालनमा...
सिन्धुपाल्चोक बाढीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सिन्धुपाल्चोक बाढीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

बागमती प्रदेश
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार केहीबेरअघि उद्धारका लागि गएको हेलिकप्टर जम्बु पुगेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौँ लगिने जानकारी उनले दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो । हेलिकप्टर घाइतेहरुको उद्धार गर्न सुरु गरेको उनले जानकारी दिएका छन् ।...
भीषण बाढीका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ बेपत्ता, २ शव फेला

भीषण बाढीका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ बेपत्ता, २ शव फेला

बागमती प्रदेश, समाज
गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले रातोपाटीलाई जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।...
सिन्धुलीमा जिप दुर्घटना, १ को मृत्यु, ३ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना, १ को मृत्यु, ३ जना घाइते

बागमती प्रदेश, समाज
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ५ को ग्रामीण सडकमा बुधबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना सख्त घाइते भएका छन् । सदरमुकाम सिन्धुलीमाढीबाट फिक्कलको डाँडाचौर जाँदै गरेको ना ४ च ५२८५ नं को जिप दुर्घटनामा वडा नं ५ का ६५ वर्षीय धर्मध्वज सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि खुर्कोट अस्पताल लैजादै गर्दा सख्त घाइते सुनुवारको बाटोमै मृत्यु भएको हो । रड र सिमेन्ट लिएर जाँदै गरेको जिप कर्फुस्थित ग्रामीण कच्ची सडकबाट करिब ५ सय मिटर खसेको थियो । वडा नं ५ कै सख्त घाइतेहरु गाडी चालक ४९ वर्षीय टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीले जानकारी दिए । घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।  ...
काठमाडौं उपत्यकामा थपिए थप २३ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए थप २३ जना कोरोना संक्रमित

बागमती प्रदेश, स्वास्थ्य
काठमाडौ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा १० जना गरी काठमाडौंमा कुल १६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ७ जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।...
नेपालकाे भूमि नमिच्न विप्लव निकट युवा संगठनकाे चेतावनी

नेपालकाे भूमि नमिच्न विप्लव निकट युवा संगठनकाे चेतावनी

बागमती प्रदेश
काठमाडौ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनले भारतद्वारा गरिएकाे सिमा अतिक्रमण तत्काल बन्द गर्न, अतिक्रमीत जमिन फिर्ता गर्न र नेपाली भुमिमा राखिएको भारतिय सिमा फिर्ता गर्न भन्दै भारतिय दुतावासमा ज्ञापन पत्र बुझाएकाे छ । युवा संगठनकाेे केन्द्रीय समितिका तर्फबाट बुझाइएको उक्त विज्ञप्तिमा साम्राज्यवादी हेपाहा र अतिक्रमित कार्य बन्द गर्न र नेपाली सार्वभौम सत्ताकाे हेक्का गर्न भनिएकाे छ । भारतले बर्षाैदेखि नेपालमाथि गिद्देनजर लगाउदै आएकाे भन्दै संगठनका कार्ययबाहक अध्यक्ष दिनेशद्वारा विहिवार जारी विज्ञप्तिमा ६ महिना अघि भारतद्वारा  जारी कथित राजनीतिक नक्सामा नेपाली भुमि लिम्पियाधुरा लिपुलेक आफ्नाे भनी जारी गर्नु गम्भीर भुल हाे भनिएकाे छ । संगठनले भारतलाई न्युनतम पनि अन्तर्राष्ट्रिय कानुन तथा मान्यताकाे खिल्ली उडाउदै नेपालमाथी हस्तक्षेप गरेकाे भन्दै आक्राेस ब्यक्त गरेकाे छ ...
उपत्यका फर्किनेलाई आफ्नै कोठामा प्रवेश निषेध !

उपत्यका फर्किनेलाई आफ्नै कोठामा प्रवेश निषेध !

जीवनशैली, बागमती प्रदेश
काठमाडौं । ललिपपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष गरिएको छ ।’ साथै उनले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले सूचना लुकाए घर नै सिल गर्ने र क्वारेन्टाइनमा लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने चेतावनीसमेत सूचनामा दिइएको छ । जबकी सरकारले वैशाख २६ बाट लकडाउनको मोडल फेर्दै उद्योगधन्दा, बैंकहरु खोल्न अनुमति दिएको छ । अनुमति पाएका व्यवसाय सञ्चालन भएका छन् भने निर्माणका कामहरु पनि पुनः सुरु भएको छ । यससँगै लकडाउनको समयमा उपत्यका छाडेर गएकाहरु काम गर्न उपत्यका फर्किन थालेका छन् । कतिपयले आफ्ना कर्मचारी आफैं ल्याएका छन् त, कतिपय तरकारी, खाद्यान्य, दुध जस्ता अत्यावश्यकीय वस्तु ढुवानी गर्ने गाडी चढेर आएका छन् । ...
अखिल क्रान्तिकारी काठमाडौद्वारा विद्यार्थीलाई राहत वितरण

अखिल क्रान्तिकारी काठमाडौद्वारा विद्यार्थीलाई राहत वितरण

बागमती प्रदेश
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) ले लकडाउनका कारण काठमाडौँमा समस्या परेका विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टका अनुसार पहिलो चरणमा लकडाउनका कारण साँझ विहानको गुजरा गर्न समस्या भएका विद्यार्थी र मजदूरहरुलाई सहयोग उपलब्ध गराइएको छ । लकडाउनका सबैभन्दा बढी प्रभाव विद्यार्थी र दैनिक ज्यालादारी मजदुरलाई परेको भन्दै अखिल क्रान्तिकारी काठमाडौँले अभियानात्मक रुपमा राहत वितरण गरिरहेको छ । प्रचारको लागि मात्र नभएर समस्या समाधान हुनेगरी राहतस्वप विद्यार्थीहरुलाई सहयोग गरेको अध्यक्ष विष्टले बताए । अध्यक्ष विष्टले स्थानीय तहले दिने राहतको लागि बनाइएको मापदण्डका कारण बास्तविक पीडितले राहत पाउन नसकेको बताए । समस्या परेको बेला विद्यार्थीलाई सहयोग गर्नु आफूहरुको कतव्र्य भएको बताउँदै अध्यक्ष विष्टले राहत अभियान जारी...
पत्रकार महासंघ बैठक, महासचिवकाे नेतृत्वमा अनुगमन र संघर्ष

पत्रकार महासंघ बैठक, महासचिवकाे नेतृत्वमा अनुगमन र संघर्ष

बागमती प्रदेश, सूचना प्रविधि
काठमाडौ । नेपाल पत्रकार महासंघले दबावपूर्ण तरिकाले बेतलबी बिदाको क्रम रोक्न एवं पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानीका लागि अनुगमन र संघर्ष गर्न महासचिव रमेश विष्टकाे नेतृत्वमा समिति गठन गरेकाे छ । अागामी सातादेखि अनुगमन थाल्ने साे समितिले त्यसलगत्तै संघर्षमा जानेछ । 'श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा समिति गठन गरिएकाे छ,' महासचिवद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । महासंघकाे केन्द्रीय कार्यालयमा अध्यक्ष गाेविन्द अाचार्य अध्यक्षतामा विहिवार बसेकाे उपलब्ध बैठकले दवावपुर्ण तरिकाले बेतलवी बिदामा बस्न लगाएर पत्रकारकाे पेशागत संकट निम्त्याउनु, लामाे समयसम्म पारिश्रमिक नदिएकाेमा गम्भीर अापत्ति जनाउँदै त्याे राेक्न माग गरेकाे छ । कोरोनाको संक्रमणले उत्पन्न ग...