Saturday, May 4
Shadow

बागमती प्रदेश

विद्यालय स्थापनाको २६ औँ वर्षमा पहिलो वार्षिकोत्सव !

विद्यालय स्थापनाको २६ औँ वर्षमा पहिलो वार्षिकोत्सव !

बागमती प्रदेश
चितवनको इच्छाकामना  गाउँपालिका–६ स्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा  अभिभावकले भरिए । दुलहीजस्तै विद्यालय सिङ्गारिएको थियो । स्थापनाको २६ औँ वर्षपछि शुक्रबार अभिभावक एकसाथ उपस्थित भएको  पहिलोपटक हो । अधिकाशं चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङले जानकारी दिए । उनका अनुसार विद्यालयले आफ्नो स्थापनाको २६ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष चेपाङले भने, “विद्यालय स्थापना  भएको पनि यतिका वर्ष भइसकेछ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै  खुशी  लागेका  छ ।” उनले  विद्यालयलाई यहाँसम्म  ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद दिए । चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोट...
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

बागमती प्रदेश
धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको  नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि  चितवनसहित १३ जिल्लाका किसानले  यसवर्ष धानखेतीमा क्षति व्यहोरेका थिए । ती जिल्लाका १७ हजार ८०६ हेक्टर क्षेत्रफलमा लगाइएको धानका कारण रु १७ करोड बराबरको लागत खर्च नोक्सान भएको  कृषि तथा पशुपन्छी विकास मन्त्रालयलयले जनाएको छ । त्यसको न्यूनतम समर्थन मूल्य रु २३ करोड रहेको छ । पीडित किसानलाई राहत दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए । उनले अर्थमन्त्रालयमार्फत सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय हुँदै पालिकामा राहत रकम पठाइसकिएको र केही दिनभित्रै कृषकले राहत पाउने बताए । मन्त्रालयमा विनियोजित राहत रकमबाटै कृषकलाई रकम पठाइएको हो । सोझै पालिकामा पठाउन नमिल्ने भएकाले अर्थमन्त्रालयमार्फत पठ...
निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्षमा बस्ताकोटी

निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्षमा बस्ताकोटी

बागमती प्रदेश
भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्षमा राजकुमार बस्ताकोटी चयन भएका छन् । शुक्रबारबाट सुरु भएको संघको १९ साधारणसभा तथा ७ औं अधिवेशनको शनिबार सम्पन्न भएको बन्द सत्रले बस्ताकोटीको नेतृत्वमा नगर संयोजक सहित १७ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा बिजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्धितिय उपाध्यक्ष लब गिरी, महासचिवमा शिवहरी दाहाल के.सी, उपमहासचिव प्रेम खत्री, कोषाध्यक्षमा सुधिर थापा र सहकोषाध्यक्षमा विमल शिल्पकार चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा रामहरि फुयाँल, रोशन कुमार थापा, राजकुमार खड्का, सुनिता खत्री र तुल्सी मैयाँ ज्याख्वा रहेका छन् । त्यसगरि अधिवेशनले चार नगरका संयोजकहरुको समेत चयन गरेको छ । जसमा चाँगुनारायण नगरमा राजेश खड्का, सूर्यविनायकमा रामशरण प्रजापति, मध्यपुरमा राम श्रेष्ठ र भक्तपुर नग...
नेकपा प्रदेश कमिटीले तीनमहिने अभियान सञ्चालन गर्ने

नेकपा प्रदेश कमिटीले तीनमहिने अभियान सञ्चालन गर्ने

बागमती प्रदेश
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले आगामी चैतदेखि पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । कमिटीको शुक्रबार सम्पन्न चौथौ बैठकले पार्टीको गतिविधि स्थानीय तहसम्म सञ्चालन गर्नका लागि आगामी चैत २०७६ चैत १ गतेदेखि २०७७ जेठ मसान्तसम्म गर्ने निर्णय गरेको कमिटीका सचिव आनन्दप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार अभियान तयारीको लागि फागुन २२ देखि चैत ४ गतेसम्म प्रदेशका सबै जिल्लामा अभियानसम्बन्धी अभिमुखीकरण प्रशिक्षण भेला र बैठक राखी जिल्ला र पालिकास्तरीय कार्ययोजना बनाउने निर्णयसमेत गरेको छ । यस तीनमहिने अभियानमा दुईपटक प्रदेश सचिवालयको बैठक बस्नेछ र असार ५ गते प्रदेश सङ्गठन कमिटीको पूर्ण बैठक बस्ने निर्णयसमेत गरेको छ । अभियान अवधिमा पर्ने शहीद सप्ताह फागुन १४ देखि २१ लाई अभियानको अङ्गको रुपमा मनाउने निर्णयसमेत गरेको छ । प्रद...
भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाइँदै

भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाइँदै

बागमती प्रदेश
भरतपुर : भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताए । अनुगमन टोलीले शैक्षिक सङ्घसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भए÷नभएको अनुगमन गरिरहेको छ । शैक्षिक सङ्घसंस्था, अस्पताल लगायतका निकायको एक सय मिटरको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयमा महानगरका अधिकारीहरु जुटेका हुन् । महानगरका उपसचिव प्रधुन्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिनजसो बजार अन...