Sunday, May 5
Shadow

बागमती प्रदेश

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन  माधव नेपालकाे आग्रह

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालकाे आग्रह

बागमती प्रदेश
काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए । उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’ नेकपा एमालेको विधान, व...
केपी ओली तेश्राे पटक प्रधानमन्त्री, मुलुक मध्यावधि चुनावतिर !

केपी ओली तेश्राे पटक प्रधानमन्त्री, मुलुक मध्यावधि चुनावतिर !

बागमती प्रदेश
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार अाजै अपरान्ह प्रधानमन्त्री र अन्य मन्त्रीहरूले पनि शपथ लिनेछन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा ...
कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

बागमती प्रदेश
नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने घोषणा गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले आफू सहभागी नहुने घोषणा गरेका हुन् । उनले परिषद्का अन्य सबै सदस्यहरुलाई समेत बैठकमा सहभागी नहुन आग्रह गरेका छन् । ‘नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ’, देउवाको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त...
प्रधानमन्त्रीद्वारा पुनर्निर्मित धरहराको उदघाटन

प्रधानमन्त्रीद्वारा पुनर्निर्मित धरहराको उदघाटन

बागमती प्रदेश
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए । बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।...
सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत

सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत

आर्थिक, बागमती प्रदेश, रोजगार
काठमाडौं : सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत भएका छन् । योजना कार्यान्वयनमा आएको झण्डै दुई वर्षको अवधिमा सामाजिक सुरक्षा कोषमा शुक्रवारसम्म २ लाख १२ योगदानकर्ता सूचीकृत भएका हुन् । कोषका अनुसार हालसम्म १३ हजार ७६५ रोजगारदाता आबद्ध भएका छन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा १ लाख ४९ हजार ६१४, प्रदेश नं १ मा २० हजार ४३३, प्रदेश नं २ मा १४ हजार ३१७, गण्डकीमा ७ हजार १४२, लुम्बिनीमा ७ हजार ११३, सुदूरपश्चिममा ८१४ र कर्णालीमा ५२१ सूचीकृत भएका छन् । बागती प्रदेशबाट ८ हजार २०४ जना, प्रदेश नं १ बाट १ हजार ४३३ जना, लुम्बिनी प्रदेशबाट १ हजार २२० जना, गण्डकीबाट ६१८ जना, प्रदेश नं २ बाट ५६० जना, सुदूरपश्चिमबाट १६८ जना र कर्णाली प्रदेशबाट १४७ जना रोजगारदाता कोषमा सूचीकृत भएका छन् । कोषमा शुक्रवारसम्म ५ अर्ब २७ करोड ७४ लाख ७७ हजार ९३८ रुपैयाँ योगद...
उपत्यकामा संकटकालको झल्को

उपत्यकामा संकटकालको झल्को

पत्र पत्रिका, बागमती प्रदेश, राजनीति, विशेष खबर, समाज
काठमाडौं : पौष ६, सुरक्षा चुनौतीलाई ध्यानमा राखेर गृह मन्त्रालयले देशभर प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाएको छ भने संकटकालको झल्को दिने गरी प्रहरी र सशस्त्रको उपस्थिति उपत्यकाका विभिन्न स्थानमा आइतबार देखिएको छ । विरोध प्रदर्शन भड्किन नदिन प्रशासनलाई पनि चनाखो बन्न गृह मन्त्रालयले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले त ‘पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुने सुरक्षा चुनौती सामना गर्ने गरी विशेष सुरक्षा रणनीति’ अपनाएर खटिन सातवटै प्रदेश प्रहरी र महानगरीय प्रहरी कार्यालयलाई आन्तरिक परिपत्र गरेको छ । निषेधित क्षेत्र तोडेर हुने प्रदर्शन र विरोध नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ । सशस्त्र प्रहरीले वाहिनीमार्फत सुरक्षा सतर्कता बढाउन निर्देशन दियो । राष्ट्रिय अनुसन्धान विभागले पनि प्रदेशस्थित कार्यालयमार्फत जिल्ला तहका सबै संयन्त्रलाई परिस्थितिसँग जुध्ने गरी भूमिका निर्वाह ...
बिमल घर्तिमगर गम्भीर घाइते

बिमल घर्तिमगर गम्भीर घाइते

खेलकुद, फुटबल, बागमती प्रदेश, रोजगार, स्वास्थ्य
काठमाडौं : पौष ६, नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा उनी गम्भिर घाइते भएका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको बन्द प्रशिक्षणमा उनको घुँडामा चोट लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताउका छन् । यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए। लामो समयको पर्खाइपछि बन्द प्रशिक्षणमा फर्किएका बिमल पछिल्लो मछिन्द्र क्लबमा आबद्ध छन् ।...
ओलीले आफू समर्थक सांसदहरूलाई बालुवाटार बोलाए

ओलीले आफू समर्थक सांसदहरूलाई बालुवाटार बोलाए

बागमती प्रदेश, राजनीति, समाज
काठमाडौँ, ६ पुष । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू समर्थक सांसदहरूलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका छन् । विघटनपछि बदलिएको राष्ट्रिय परिस्थितिको मूल्यांकन र आगामी रणनीति तयार गर्न ओलीले आफू पक्षधर सांसदहरूलाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीले आइतबार साँझ नै आफूनिकट शीर्ष सांसद र नेताहरूसँग भने छलफल गरेका थिए । प्रधानमन्त्रीनिकट एक नेताका अनुसार आफ्नो कदमको समर्थनमा को–को छन् भन्ने बुझ्नका लागि पनि ओलीले सोमबार बिहानका लागि बैठक बोलाएका हुन् । सो बैठकमा ओलीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका आफ्ना पक्षधर सांसदहरूलाई बोलाएका छन् । ...
नेपाल बैकर्स संघ: राष्ट्र बैंक र गृह मन्त्रालयको बैठकपछि मात्रै बैंक खोल्ने

नेपाल बैकर्स संघ: राष्ट्र बैंक र गृह मन्त्रालयको बैठकपछि मात्रै बैंक खोल्ने

बागमती प्रदेश, बैंकिङ
बैंक तथा वित्तीय संस्था अत्यावश्यक क्षेत्रमा राखिए पनि बिहीबार उपत्यकाका सम्पूर्ण बैंक बन्द भएका छन् । प्रहरीले कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिएको भन्दै उपत्याकाका सबै बैंक बन्द भएका हुन् । बैंकर्स अनिल केशरी शाहले प्रहरीले अवरोध पु¥याएपछि बैंक बन्द गर्नुपरेको बताए । सरकारले बुधबार रातिदेखि निषेधआज्ञा जारी गरे पनि बैंकलाई अत्यावश्यक सेवाभित्र राखेको छ । २७ वटा वाणिज्य बैंकले आवश्यकता हेरी काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोल्न पाउने व्यवस्था गरिएको थियो । तर प्रहरीले कर्मचारीलाई घर पनि जान नदिने, कार्यालय पनि जान नदिई लाइन लगाएपछि नेपाल बैकर्स संघले सबै बैंक बन्द गर्ने निर्णयमा पुगेको हो । सरकारको निर्देशन कार्यान्वयन गर्न बैंक तयार भए पनि सहमति अनुसार शाखा कार्यालय खोल्न जाँदा कर्मचारीले असहज परिस्थिति सामाना गरेपछि अन्योल सिर्जना भएको शाहले बताए । ‘आज खोल्न जाँदा ...
उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी हुदै

उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी हुदै

बागमती प्रदेश
काठमाडौं उपत्यकामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा लागू गर्ने तयारी भएको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन्। संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। कोरोनाको हटस्पट बन्यो उपत्यका, दुई हजारभन्दा बढी संक्रमित   काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गत ३० गते रातिदेखि लागू हुने गरी विभिन्न आदेशहरू दिएका थिए। अत्यावश्यक बाहेकका पसल बन्द गर्न, भिडभाड, जात्रा, सभा,...
उपत्यकाका सबै यातायात कार्यालयको सेवाहरु  बन्द

उपत्यकाका सबै यातायात कार्यालयको सेवाहरु बन्द

बागमती प्रदेश, समाज
कोरोना भाइरको संक्रमण बढेसँगै उपत्यकाका सबै यातायात कार्यालयहरूले दिने सबै सेवा बन्द गरेका छन्। कार्यालयहरूले सूचना जारी गर्दै आज (भदौ २)देखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन्। असार १ देखि सरकारले लकडाउन केही खुकुलो बनाएसँगै यातायात कार्यालयहरूले सेवा सुरू गरेका थिए। उपत्यकालगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले पुनः भिडभाड हुने कार्यालयको सेवा स्थगन गर्न भनेको थियो।...
सिन्धुलीमा एकै दिन १३ जनामा काेराेना पुष्टी

सिन्धुलीमा एकै दिन १३ जनामा काेराेना पुष्टी

बागमती प्रदेश, स्वास्थ्य
आज एकै दिन सिन्धुलीका १३ जनामा कोरोना पुष्टि भएको छ। जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएका १ सय ८८ जनामध्ये १३ जनामा संक्रमण पुष्टि भएको हो। विदेशबाट आएर भूसंरक्षणको कार्यालयमा रहेको क्वारेन्टाइनमा रहेका ७ जना, कमलामाई नगरपालिका-७ का एक जना, पर्यावरण गण रानीवासका-२ जना सैनिक, एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी र कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना पुष्टि भएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए। सिन्धुलीमा एकै दिन १३ जनामा कोरोना देखिएपछि जिल्ला अस्पतालमा बेड अभाव हुन थालेकाे छ।...
गोंगबु हत्याकाण्ड :  महिलाको कोठामा गएका थिए मृतक

गोंगबु हत्याकाण्ड : महिलाको कोठामा गएका थिए मृतक

अपराध, बागमती प्रदेश, समाज
गोंगबु चोकबाट केही मिटरभित्रको नवज्योती मार्गमा रहेको चारतले घर । त्यो घर किरण बस्नेतको हो । शनिवार राती उनकै घरमा दाङका कृष्ण बहादुर बोहराको हत्या भयो । आइतबार विहान घरबाट ५० मिटर पर सुटकेशमा प्याक गरेको अवस्थामा कृष्ण बहादुरको शव भेटियो । शव फेला परेको २ सय मिटरको दुरीमा जेब्रा झोलामा प्याक गरेर छाडेको टाउको र दुईवटा खुट्टा भेटियो । घनावस्तीको बिचमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । जब, सञ्चारमाध्यममा मृतकको फोटो सार्वजनिक भयो, त्यसपछि कृष्णबहादुरका मामा महानगरीय प्रहरी वृत महराजगञ्जमा पुगे । उनले भने– ‘मृतक मेरा भाञ्जा हुन् ।’ कृष्ण बहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । सोही क्लूको आधारमा प्रहरी हत्या भएको घरसम्म पुगेको थियो । किरण बस्नेतको घरको तेस्रो तल्लामा बस्थिन् कल्पना शाही र उनका दुई बच्चा । एक छोरा र एक छोरीसँगै बस्थे । उनकी एउटी छोरीको...
किन डराए मुख्यमन्त्री पौडेल! आफ्नै सांसदसँग

किन डराए मुख्यमन्त्री पौडेल! आफ्नै सांसदसँग

बागमती प्रदेश, राजनीति, समाज
प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र प्रदेशसभाका सदस्यहरु सहभागी सभामा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई हटाउन हस्ताक्षर संकलन भइरहेको बताएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरमा राजनीतिक तरंग पैदा भएको छ । बागमती प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई उछिन्दै मुख्यमन्त्री बनेका पौडेलको साढे २ वर्षे कार्यकाल सन्तोषजनक नभएको भन्दै नेकपा सांसदहरु समेत असन्तुष्ट देखिन्छन् । पछिल्लो पटक आर्थिक वर्ष २०७७/७८ को बजेट पास गर्न समेत प्रदेश सरकारलाई गाह्रो परेको थियो । नेतृत्वको जोडबलमा बजेट पास भएपछि राहतको सास फेरेका मुख्यमन्त्री पौडेलले आइतबार सार्वजनिक मञ्चबाट आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन भएको दाबी गरे । के भनेका थिए पौडेलले ? मेराविरुद्ध मकवानपुरबाटै क्याम्पेनिङ सुरु भएको छ । मकवानपुरकै सांसद लाग...
गोंगबुमा विभत्स हत्या, टाउको एकातिर, जिउ अर्काेतिर

गोंगबुमा विभत्स हत्या, टाउको एकातिर, जिउ अर्काेतिर

अपराध, बागमती प्रदेश, विशेष खबर, समाज
राजधानीको गोंगबुस्थित गणेशस्थानमा हत्यापछि सुटकेशमा फालेको शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ । घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरिएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । स्रोतका अनुसार टाउको र खुट्टा भने शरीरको गिँड हालेर फालिएको सुटकेश भन्दा अन्दाजी दुई सय मिटर उत्तर पूर्व मिल्काइएको थियो । टाउको र खुट्टालाई प्लाष्टिकले बेरेर दुईवटा छुट्टाछुट्टै झोलामा राखिएको देखिन्छ ।...
काठमाडौँ उपत्यका १५ दिनको लागि ‘सटडाउन’

काठमाडौँ उपत्यका १५ दिनको लागि ‘सटडाउन’

बागमती प्रदेश, विशेष खबर, समाज, स्वास्थ्य
उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर तत्काल लकडाउन भने नहुने उनको भनाइ छ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको सिडिओ पाण्डेले बताइन् ।  शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको पाण्डेले बताइन्­ । सिडिओ पाण्डेले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विषेश कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेले बताइन् । उनले भनिन्, ‘बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्...