Saturday, May 18
Shadow

ओलीले आफू समर्थक सांसदहरूलाई बालुवाटार बोलाए


  • -इ
  • इ+
काठमाडौँ, ६ पुष । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू समर्थक सांसदहरूलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका छन् ।

विघटनपछि बदलिएको राष्ट्रिय परिस्थितिको मूल्यांकन र आगामी रणनीति तयार गर्न ओलीले आफू पक्षधर सांसदहरूलाई बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्रीले आइतबार साँझ नै आफूनिकट शीर्ष सांसद र नेताहरूसँग भने छलफल गरेका थिए ।

प्रधानमन्त्रीनिकट एक नेताका अनुसार आफ्नो कदमको समर्थनमा को–को छन् भन्ने बुझ्नका लागि पनि ओलीले सोमबार बिहानका लागि बैठक बोलाएका हुन् ।

सो बैठकमा ओलीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका आफ्ना पक्षधर सांसदहरूलाई बोलाएका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्