Friday, May 17
Shadow

कर्णाली प्रदेश

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेश, स्वास्थ्य
कर्णााली  प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका चारजना, सल्यानका तीनजना, दैलेखका एकजना, कालीकोट र हुम्लाका एक/एकजना रहेको रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७४९ पुगेको छ । यस्तै, कर्णालीमा सोमबार थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५१९ पुगेको छ भने २२४ जना आइसोलेसनमा रहेका छन्ा । ६ जनाको मृत्यु भएको छ ।...
तुषारोले फूल खाएपछि जुम्लामा स्याउ फलेन

तुषारोले फूल खाएपछि जुम्लामा स्याउ फलेन

आर्थिक, कर्णाली प्रदेश, कृषि, पत्र पत्रिका
यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको किसानले बताएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ का किसान रामकृष्ण बुढ्थापाका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै बगैँचामा स्याउका फल छैनन् । उनले भने, स्याउ फूूल्ने बेलामा कालो तुषारो लागेपछि फल लाग्न पाएन । बर्सेनि ३ टनभन्दा बढी फल्ने गरेको बताउँदै उनले यो वर्ष निकै घाटा लाग्ने भनाइ राखे । सिञ्जा गाउँपालिका–४ निवासी किसान मुनबहादुर रावलको बगैँचा जिल्लाकै उत्कृष्ट बगैँचामध्ये एक मानिन्थ्यो । उनको बगैँचामा अहिले एक हजार दुई सय पचास स्याउ बिरुवा र अढाइ सय ओखर गरी एक हजार पाँच सय बिरुवा छन् । तर उनका बगैँचामा खासै स्याउ...
जाजरकोटमा  पहिरोले पुरिएको  ९ जनाको शव भेटियो, ६ बेपत्ता

जाजरकोटमा पहिरोले पुरिएको ९ जनाको शव भेटियो, ६ बेपत्ता

कर्णाली प्रदेश, समाज
जाजरकोट। जाजरकोटमा पहिरोमा परी बेपत्ता भएका ८ जना मध्ये शनिबार दुई जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ६ जना अझै बेपत्ता छन् । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्तामध्ये ७ जनाको शव शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जनाको भेटिएको हो शनिबार बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको सब फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए । बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तिर्खा सार्की र कलुको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको शव शुक्रवार नै भेटिएको थियो । बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा ...
जाजरकोटको बारेकोटमा पहिरो : एकको मृत्यु, ११ बेपत्ता, दुई घर बगे

जाजरकोटको बारेकोटमा पहिरो : एकको मृत्यु, ११ बेपत्ता, दुई घर बगे

कर्णाली प्रदेश, समाज
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती पहिरो गएको छ। पहिरोले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार बिहीबार राती अविरल वर्षा पछि गएको पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो। पहिरोमा पाहुना आएकासहित हराएका १२ मध्ये एकजनाको शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । अन्य ११ जना पहिरोमै पुरिएको आशंका गरिएको छ ।  अहिलेसम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन । पहिरोमा परी ५२ वर्षीय गोपाल सार्कीसहित उनकी श्रीमती ५० वर्यीया पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षका छोरा अर्जुन सार्की बेपत्ता भएका छन् । उनको घर समेत पहिरोले पुरेको छ । त्यस्तै ३८ वर्षीया कलु सार्कीसहित उनकी छोरीहरु १४ वर्षीया तिर्खा र ११ वर्षीया मला तथा ६ वर्ष...
कर्णालीमा ‘कम्ब्याट कोभिड-१९ प्रथम ई-कन्फ्रेन्स’

कर्णालीमा ‘कम्ब्याट कोभिड-१९ प्रथम ई-कन्फ्रेन्स’

कर्णाली प्रदेश
सुर्खेत । ‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’(सिसिएमइपी–२०२०)को प्रथम ई–कन्फ्रेन्स आज कर्णालीमा सम्पन्न भएको छ । कन्फ्रेन्समा ‘नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणमा वैज्ञानिक सङ्गोष्ठी’ भएको छ । कार्यक्रमको शुरुआती चरणमा मध्यपश्चिम विश्वविद्यालयअन्तरगत एमआइसिडीका प्रोफेसर डा.दिनेश भुजुले कन्फ्रेन्स आयोजना र त्यसको उद्देश्यमाथि प्रकाश पारे । उक्त बहसमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा।नन्दबहादुर सिंहले कोभिड–१९ को वर्तमान अवस्था र मप विश्वविद्यालयको भूमिकाबारे चर्चा  गरे । सो अवसरमा इञ्जिनियर डा.राम आचार्यले नेपालमा कोभिड–१९ले वर्तमान अवस्थामा पारेको प्रभाव, यसको आगामी असर, चुनौति र सम्भावनाका विषयमा प्रस्तुति दिएका थिए । त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्रका प्राडा. नारायण अधिकारी, नेपाल खुला विश्वविद्यालयका ईपिडिमियोलोजिष्ट प्राडा.सुजनबाबु मरहट्टा...