Saturday, May 18
Shadow

समाज

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

समाज
काठमाडौं । काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ ९६० मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो । शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गर्नुभएको सूचनामा भनिएको छ, “कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्टे«सन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोशाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनु ।” त्यसैगरी ...
मध्यराति भूकम्पको धक्का, मानिसहरु सडकमा भागाभाग

मध्यराति भूकम्पको धक्का, मानिसहरु सडकमा भागाभाग

समाज
काठमाडौं । आइतबार दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राती ८ बजेर ५९ मिनेट जाँदा दैलेखको आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट तीर्थराज दाहालले आइतबार राती भूकम्प गएको बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा ७९ हजार सवारीसाधन कारवाहीमा

सुदूरपश्चिम प्रदेशमा ७९ हजार सवारीसाधन कारवाहीमा

समाज
टीकापुर । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु चार करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी २९ हजार २८३ मोटरसाइकल, १८ हजार २२४ जीप र कार, १४ हजार २६९ ट्रक, ११ हजार ७५८ ट्र्याक्टर, दुई हजार ८४३ बस र दुई हजार ७१२ अन्य सवारीसाधन कारवाहीमा परेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ५६ हजार १५३ सवारीसाधनको कारवाहीबाट रु तीन करोड ३१ लाख ९९ हजार ५०० राजश्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २२ हजार ९३३ बढी सवारीसाधन कारवाहीमा परेका छन् भने रु एक करोड २५ लाख ६७ हजार ५०० राजश्व बढी सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक ...
आज जनकपुर–जयनगर रेलको परीक्षण गरिने

आज जनकपुर–जयनगर रेलको परीक्षण गरिने

समाज
काठमाडौं । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिने जानकारी दिए । उनले भने, “ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।” महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्र्याकबाट...
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा

समाज
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। यसैगरी, महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको हुनसक्ने पूर्वानुमानमा उल्लेख छ । साथै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै...
सार्वजनिक यातायातमा मनपरी भाडा

सार्वजनिक यातायातमा मनपरी भाडा

समाज
काठमाडौं । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० असुलेको बताए । बढी भाडा लिने बा २ ख ६८०५ नम्बरको बसबारे प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन । ट्राफिक प्रहरीको नम्बर १०३ मा फोन गरी तोकिए भन्दा ६ रुपैयाँ बढी भाडा लिएको जानकारी गराए पनि कारबाही नभएको उनको दुखेको सो छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।...
‘श्रीमानको हत्यारासँग मैले विवाह गरेँ र उसकै हत्या गरेँ’

‘श्रीमानको हत्यारासँग मैले विवाह गरेँ र उसकै हत्या गरेँ’

समाज
‘मैले मेरो श्रीमानको हत्याको बदला लिने सोचेकी थिएँ, त्यसैले हत्यारासँग दोस्ती गरेँ, उसँग विवाह गरेँ र त्यसपछि अन्त्यमा बदला लिएँ ।’ पाकिस्तानको कबायली इलाका बजौर जिल्लामा बस्ने यी महिलालाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि चकदरा जेल पठाएको छ । अभियुक्त महिलाले आफ्नो श्रीमानको हत्याको बदला लिनका लागि तीन वर्षदेखि कोसिस गरिरहेकी थिइन् र यसका लागि उनले पूरा योजना बनाएकी थिइन् । प्रहरीलाई सूचना र कारवाहीः बाजौर जिल्लाको इनायत किलेमा लुइसिम थानाका इन्सपेक्टर विलायत खानले बीबीसीसँगको कुराकानीमा यसलाई एउटा मुश्किल केस बताउँदै यसका लागि आफूले अत्यधिक कोसिस गरेको र सफलता पनि हासिल गरेको बताए । अभियुक्तका जेठो श्रीमानको मृत्यु तीन वर्षअघि भएको थियो तर उनको हत्या भएको थियो वा उनको प्राकृतिक मृत्यु थियो भन्नेबारे स्पष्ट जानकारी छैन । अभियुक्तले नीजि रुपमा यसबारे पत्ता लगाइन् र उनका अ...
लुतो फाल्ने पर्व उल्लासमय मनाइँदै

लुतो फाल्ने पर्व उल्लासमय मनाइँदै

समाज
महोत्तरी । झरी रोकिएको छ । एक सातायता त्यसअघिको लगातारको चोटिलो वर्षा थामिएको छ । मौसमको यो अनुकूलतामा महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन आज ‘लुतो फाल्ने’ पर्वको उल्लास छ । जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास रहेको बस्तीमा साउने सङ्क्रान्तिका दिन मनाइने ‘लुतो फाल्ने’ परम्परालाई उल्लासमय बनाउन युवायुवती जुटेका छन् । खासगरी पहाडी मूलका नेपाली हिन्दू परम्परामा मनाइने यस पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि अहिले एकाबिहानै बस्तीबस्तीबाट युवायुवतीको समूह यी वनस्पतिको खोजीमा वन क्षेत्र पसेका छन् । पहाडी मूलका हिन्दू ...
आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । विभागले भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ...
बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

समाज
काठमाडौं । सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिनुभयो । पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग शुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो । वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का नौ परिवारलाई रु पाँच÷पाँच हजारका दरले सहयोग शुरु गरिएको हो । आर्थिक सहायता प्रदान गर्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट रु पाँच लाख ४० हजार, सिन्धुपाल्चोक सेवा समाज–दुवईबाट रु एक लाख २६ हजार र सिन्धुपाल्चोक सेवा समाज–कुवेतबाट रु दुई लाख ४० हजार सङ्कलन भएको यूएईका सचिव हरि दुलालले जानकारी दिनुभयो । वडा नं १ का प्रभावितला...
नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

समाज
मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ ।...
आमाको ज्यान जोगाउन बालकले हत्या गरे

आमाको ज्यान जोगाउन बालकले हत्या गरे

समाज
काठमाडौं । अमेरिकाको लुजियानामा एक १२ वर्षीय बालकले हतियारसहित घरमा जबर्जस्ती छिरेर आफ्नी आमालाई धम्क्याउने एक पुरुषको गोली हानी हत्या गरेको स्थानीय निकायले जनाएको छ । प्रहरीका अनुसार गत ३० जुनमा क्लिन्टन शहरदेखि पूर्वमा पर्ने आफ्नो घरमा यसरी प्रवेश गर्ने ३२ वर्षीय ब्राड लिब्ल्यान्कबाट आफ्नी आमाको ज्यानै खतरामा परेको देखेपछि ती बालकले शिकार खेल्न प्रयोग हुने राइफलबाट उनको ज्यान लिएका थिए । प्रत्यक्षदर्शीहरूले पनि ती हतियारधारी जबर्जस्ती तिनीहरूको घरभित्र घुसेको देखेको बयान प्रहरीलाई दिएका छन् । चिन्ताजनक हालतमा नजिकको अस्पतालमा पुयाइनासाथ चिकित्सकहरूले लिब्ल्यान्कलाई मृत घोषित गरेका थिए । प्रहरी अधिकारी जेफ ट्राभिसले नाम नखुलाइएका ती बालकलाई हिरोको संज्ञा दिएको वासिङ्टन एकजामिनरले जनाएको छ । लुट्ने हिसाबले तिनीहरूको घर प्रवेश गरेको आशंका गरिएका अन्य दुई जनालाई प्रहरीले गिरफ्तार गर...
टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

समाज
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि गृहकार्य अघि बढाएको छ । आगामी पुस मसान्तसम्म नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने व्यक्तिले शेयर खरीद प्रक्रियामा भाग लिन पाउने व्यवस्था बजेटमा छ । कम्पनीको शेयर बाँडफाँट प्रक्रिया र शेयर मूल्यको विवरण आगामी असोज मसान्तभित्र तय गर्नेगरी अर्थसहितका निकायहरू गृहकार्यमा जुटेका हुन् । अर्थ, सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय, नेपाल टेलिकमका अधिकारीहरूका अनुसार बजेटमा आएको उक्त कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी आआफ्नो तयारीलाई अघि बढाइएको छ । जसले सेवा उपयोग गर्छ उसैलाई नै शेयर स्वामित्व दिनेगरी ल्याइएको यस्तो खालको कार्यक्रम विगतमा नभए पनि नयाँ सोचसहित यो...
सडेको अवस्थामा शव फेला

सडेको अवस्थामा शव फेला

समाज
जलेश्वर । गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेका अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुजिताको शव भ्रमरपुरा–जनकपुर सडकखण्डमा भ्रमरपुरा गाउँभन्दा एक किलोमिटर पूर्वमा अवस्थित पेट्रोलपम्पको शौचायलको ट्याङ्कीसँगै १३ फिट गहिरो खाल्डोमा फेला परेको हो । सडक सतहदेखि नौ फिट गहिरोमा पेट्रोलपम्पको शौचालय रहेको र शौचालयसँगै टाँसिएर रहेको सुजीताका ससुरा पतिराम ठाकुरको खेतमा खाल्डो खनी शव राखेर माथिबाट ढुङ्गा, बालुवा र सिमेन्टले पक्की ढलान गरेको अवस्थामा प्रहरीले सुजिताको शव बिहान १० बजे फेला पारेको हो । देवर रुपेश, ससुरा पतीराम, पति मुकेशसहित छ व्यक्तिले मिलेर सुजिताको हत्या गरी घरदेखि दुई किलोमिटर मनरहिया वनमा अवस्थित आफ्नै खे...
बागलुङका ६६ घर उच्च जोखिममा

बागलुङका ६६ घर उच्च जोखिममा

समाज
गलकोट । बागलुङमा पछिल्लो दुई महिनाका अवधीमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेका प्रहरीले जनाएको छ । वर्षात्को शुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन बढी घरपरिवार विस्थापित भएका थिए । उनीहरु छिमेकीकामा आश्रय लिएर बसेका छन् । काठेखोला ,बडीगाड, ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका विभिन्न स्थानमा पहिरोले क्षति पुयाएको छ । पहिरामा २५ घर र तीन गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । मानवीय क्षति हुने सम्भावना बढेपछि जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ । बाढीपहिराबाट यस अवधीमा रु डेढ करोड भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको ...
काठमाडौं उपत्यकाका मुख्य सडकभरि खाल्टैखाल्टा

काठमाडौं उपत्यकाका मुख्य सडकभरि खाल्टैखाल्टा

समाज
काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका सडकभरि खाल्टाखुल्टी देखिन थालेका छन् । भित्री सडकमा मात्रै नभएर मुख्य सडकमा समेत खाल्टाखुल्टी बाक्लो रूपमा देखिन थालेका हुन् । अघिल्लो वर्षका लकडाउन तथा यस वर्षको निषेधाज्ञाको अवधिमा सडक विभागले चिटिक्क पारेका सडक वर्षा सुरु भएसँगै सडकमा खाल्टाखुल्टी देखिन थालेका हुन् भने मेलम्चीको पानी लिकेजका कारण पनि खाल्टाखुल्टी बढ्न पुगेको सम्बद्ध निकाय बताउँछन् । काठमाडौंको त्रिपुरेश्वर, कालिमाटीलगायतका सडक खण्डमा खाल्टाखुल्टी परेका छन् । कलंकीदेखि बालाजु, चाबहिल हुँदै कोटेश्वरसम्मको चक्रपथका विभिन्न भागमा पनि बाक्लो रूपमा खाल्टाखुल्टी देखिएका छन् । थापाथलीस्थित प्रसूति गृह अघि हिँड्नै समस्या पर्नेगरी सडक बिग्रिएको छ । काठमाडौं महानगरपालिकले ठेक्का लगाएको सो सडक खण्ड लामो समयदेखि मर्मत हुन सकेको छैन । महानगरपालिकाले पनि सडक बनाउन चासो नदेखाएको...