Sunday, May 5
Shadow

समाज

फेरि निषेधाज्ञा होला त ?

फेरि निषेधाज्ञा होला त ?

समाज
काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन । संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ । काठमाडौं उपत्यकाभित्र संक्रमण रोकथामका लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा गत २२ असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो । त्यस दिन अर्थात् २२ असारमा सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय २८ ...
आजको राशिफल : कुन-कुन राशिका शुभ ?

आजको राशिफल : कुन-कुन राशिका शुभ ?

समाज
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा थोरै समय दिएपनि प्रशस्त आम्दानी हुनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो कसिलो भएर जानेछ । गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपाईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धर्ममा मन जानेछ भने छोटो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहर...
भोलि देखि लामो दूरीको सार्वजनिक यातायात चल्ने

भोलि देखि लामो दूरीको सार्वजनिक यातायात चल्ने

समाज
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको छ । शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले भोलिदेखि लागू हुने गरी मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने भएको हो । काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले शनिबारदेखि लागू हुने गरी लामो तथा मध्यम दूरीका यातायात खुलाउन आदेश जारी भएको बताए । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसुार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ । लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले भनेको छ । काठमाडौंको निषेधाज्ञा साउन १० गते मध्यरातसम्म कायमै छ । उपत्यकामा साउन लागेसँगै बढ...
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

समाज
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्यूडको मापन गरिएको छ । यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३.0२ म्याग्नेच्यूडको भूकम्पको धक्का महसुस गरिएको थियो।...
लामो दूरीका सवारीसाधन चल्ने

लामो दूरीका सवारीसाधन चल्ने

समाज
काठमाडौं । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीको पालना गरी सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । गृह प्रवक्ता जनकराज दाहालले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डको पालना गरी सार्वजनिक यातायातका साधन सञ्चालनमा सहजीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।...
आजै फेरि जहाज खोप लिन बेइजिङ जाने

आजै फेरि जहाज खोप लिन बेइजिङ जाने

समाज
काठमाडौं । चीनबाट आज (बिहीबार) आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो काठमाडौंमा खोप ल्याउनेछ ।आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सी ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन् । जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वागमती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...
यी राशिहुनेहरुको आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल

यी राशिहुनेहरुको आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल

समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई पनि व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर दिलाउनेछ। साँझदेखि स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। केही विवादास्पद कामको जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि ...
प्रहरी र स्थानीयबिच झडप, १० जना प्रहरी घाइते

प्रहरी र स्थानीयबिच झडप, १० जना प्रहरी घाइते

समाज
कैलाली । धनगढीमा प्रहरी र स्थानीयबिच झडप हुँदा १० जना प्रहरी घाइते भएका छन् । धनगढी उपमहानगरपालिकामा ३ मा जमेको पानी निकास गर्ने क्रममा झडप हुँदा ४ जना प्रहरी जवान र ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। उपमहानगरपालिकामा ३ हाटबजार, विद्युत् कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले प्रहरीमाथि ढुंङ्गामुढा भएपछि ५० सेल भन्दा बढि अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले बताए। उनले घाइते भएका सुरक्षाकर्मी खतरामुक्त भएको बताए। वडा नम्बर २ का बासिन्दाले डुबानमा पार्ने भन्दै कल्भर्टमा पानी बन्द गरेपछि ३ नम्बर वडा डुबानमा परेको थियो। पानी धेरै जमेर बिद्युत् गृहमा नै क्षति हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।...
नेपालका ५८ जिल्लामा निषेधाज्ञा, कहाँ–कहिलेसम्म ? (सूचीसहित)

नेपालका ५८ जिल्लामा निषेधाज्ञा, कहाँ–कहिलेसम्म ? (सूचीसहित)

समाज
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हाल देशका ५८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी छ । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही साउन १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यद्यपि, पछिल्लो समय अधिकांश क्षेत्र चलायमान भइसकेको छ । केही जिल्लामा साउन १५, केहीमा साउन ३२ गतेसम्म निषेधाज्ञा कायम गरेपनि केही जिल्लामा भने अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । देशभरको निषेधाज्ञाको विवरण पढ्नुहोस्  ...
सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

समाज
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताउनुभयो । सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण घट्ने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आवको प्रारम्भदेखि अभियान थालिएको उहाँको भनाइ छ । त्यस्तै सुर्खेत प्रहरीले जबर्जस्ती करणी मुद्दाका चार वर्षदेखि फरार प्रतिवादी वीरेन्द्रनग...
मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते

मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते

समाज
दमक । मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते हुनुभएको थियो । ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइ फलाइन अस्पतालमा उपचार भइरहेको प...
अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ

समाज
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ । यसै बर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेका हुन् । राजकुन्द्राको बिरुद्ध आफुसँग प्रयाप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई पुलिसले बताएको छ । मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज मंगलबार कोटमा पेस गरिनेछ । मुम्बई पुलिस ब्रान्चमा गत फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र त्यो अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको केस दर्ता भएको थियो । यो मामिलामा पुलिसले बिभिन्न ठाउँमा छापा...
देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने

देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने

समाज
काठमाडौं । देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ । नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन सम्भव देखिएको हो । पानीजहाज कार्यालयका रजिस्ट्रार विपिन राजभण्डारीले नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्त रूप दिने उद्देश्यसहित कोसी, नारायणी, काली गण्डकी र कर्णालीमा सम्भाव्यता अध्ययन गरिएको जानकारी दिनुभयो । सो अध्ययनले ती नदीहरूमा पानीजहाज चलाउन सम्भव रहेको देखाएको उहाँले स्पष्ट पार्नुभयो । आर्थिक वर्ष २०७७/७८ मा सो अध्ययन सम्पन्न भएको हो । कोसी, काली र गण्डकीको सम्भाव्यता अध्ययन परामर्शदाता पीएमएसररितीरआई इस (संयुक्त)ले गरेको थियो । त्यसैगरी नारायणी र कर्णाली नदीको अध्ययन मल्टी कन्सल्टेन्सी सर्भिसले गरेको थियो । परामर्शदाता कम्पनीहरूले अध्ययन प्रतिवेदन नेपाल पानीजहाज कार्यालयलाई बुझाइसक...
आज घर घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

आज घर घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

समाज
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने...
साउन ६ गते सार्वजनिक बिदा

साउन ६ गते सार्वजनिक बिदा

समाज
काठमाडौँ । सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा नेपाल मुस्लिम संघले स्वागत गरेको छ । संघका अध्यक्ष अब्दुल सत्तारले आफुहरुको मागलाई सरकारले सम्बोधन गरेको भन्दै मुस्लिम समुदायमाथी न्याय भएको बताउनु भयो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकलेबकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो । संघले सरकार गठन भए लगत्तै गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाउदै बिदाका लागि अनुरोध गरेको थियो ।...
अफिमसहित एक पक्राउ

अफिमसहित एक पक्राउ

समाज
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–२ सङ्गमचोकबाट प्रहरीले अवैध लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ बस्ने ४४ वर्षीय रत्न भुलुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । प्रहरी टोलीले पाँच किलो ७५० ग्राम लागुऔषध अफिमसहित पक्राउ गरेको हो । पक्राउ परेका भुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...