कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
सारांश
- काठमाडौं, २४ मंसिर।
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनःबस्दैछ।
- बैठक पार्टी कार्यालय सानेपामा मंसिर १३ गतेदेखि विधान संशोधन मस्यौदामा केन्द्रित रहेको बैठक ९ दिनसम्म चलेर आइतबार नसकेको बैठक आजबाट पुनः बस्न लागेको हो ।
काठमाडौं, २४ मंसिर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुनःबस्दैछ। बैठक पार्टी कार्यालय सानेपामा मंसिर १३ गतेदेखि विधान संशोधन मस्यौदामा केन्द्रित रहेको बैठक ९ दिनसम्म चलेर आइतबार नसकेको बैठक आजबाट पुनः बस्न लागेको हो । शनिबार सम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्य गरेर ७७ जनाले आफ्नो धारणा राख्नु भएको थियो ।
शनिबारको बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू सीता गुरुङ, डा. डिला संग्रौला र शिला शर्मा खड्काले लगायतले आफ्नो धारणा राखेका थिए।
प्रतिक्रिया