शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला वेपत्ता: खोजीमा व्यापक सुरक्षाकर्मी परिचालन

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, श्रावण ४, २०८३
|
|
२८ पटक हेरिएको
Shares
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला वेपत्ता: खोजीमा व्यापक सुरक्षाकर्मी परिचालन

सारांश

  • कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित दशरथ टोलका १४ जना महिलाहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्र च्याउ खोज्न जाने क्रममा अचानक सम्पर्कविहीन भएका छन् ।
  • वर्षायाममा जङ्गली च्याउको खोजीमा निस्किएका ग्रामीण महिलाहरू जङ्गलमा अलपत्र परेपछि सिंगो गाउँ र निकुञ्ज क्षेत्रमा यतिबेला गम्भीर चिन्ता र त्रास छाएको छ ।
  • प्रहरीका अनुसार आइतबार बिहान करिब ११ बजेतिर ती महिलाहरू खाना खाएर निकुञ्जको मालुमेला पोस्टबाट भित्री जङ्गलतर्फ प्रवेश गरेका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित दशरथ टोलका १४ जना महिलाहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्र च्याउ खोज्न जाने क्रममा अचानक सम्पर्कविहीन भएका छन् । वर्षायाममा जङ्गली च्याउको खोजीमा निस्किएका ग्रामीण महिलाहरू जङ्गलमा अलपत्र परेपछि सिंगो गाउँ र निकुञ्ज क्षेत्रमा यतिबेला गम्भीर चिन्ता र त्रास छाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ११ बजेतिर ती महिलाहरू खाना खाएर निकुञ्जको मालुमेला पोस्टबाट भित्री जङ्गलतर्फ प्रवेश गरेका थिए । जङ्गलमा दुईवटा बेग्लाबेग्लै समूह बनाएर अघि बढेका उनीहरू साँझसम्म पनि घर नफर्किएपछि परिवारजनले खोजीका लागि स्थानीय प्रशासन र प्रहरीलाई गुहारेका हुन् ।

सम्पर्कविहीन हुनेहरूमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन् । उनीहरू जङ्गलको कुन भागमा हराएका हुन् भन्नेबारे अहिलेसम्म कुनै स्पष्ट सूचना प्राप्त हुन सकेको छैन ।

 प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको कमाण्डमा नेपाल प्रहरी र निकुञ्जका सुरक्षाकर्मीहरूको संयुक्त टोली जङ्गलतर्फ परिचालन गरिएको छ ।

निकुञ्जको विशाल र अप्ठ्यारो भूभागका कारण खोजी कार्यमा केही चुनौती थपिए पनि सुरक्षा निकायले सम्भावित क्षेत्रहरूमा निगरानी र गस्ती बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ
डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ
तरकारी खेतीमा किसानको आकर्षण
तरकारी खेतीमा किसानको आकर्षण
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
डिशहोम सिनेमाघर च्यानल १०८ मा “पञ्चायत”को चार शो, हेर्न यसो गर्नुहोस्
डिशहोम सिनेमाघर च्यानल १०८ मा “पञ्चायत”को चार शो, हेर्न यसो गर्नुहोस्
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गर्यो
ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गर्यो
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
वैशाख २५ गतेको राशीफल यस्तो छ, आज कुन राशीको शुभ अंक कुन हो ?

तपाईंले छुटाउनुभयो कि?