काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी अब एसपी दानबहादुर थापालाई।

Asmita-Newsdesk Asmita-Newsdesk
|
बुधबार, श्रावण १३, २०८३
|
|
७९ पटक हेरिएको
Shares
काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी अब एसपी दानबहादुर थापालाई।

सारांश

  • काठमाडौँको सुरक्षा कमान्ड र सूचना प्रवाहको जिम्मेवारी सम्हाल्ने नेतृत्वमा फेरबदल भएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापालाई नयाँ अपरेशन कमान्डर तथा सूचना अधिकारी (प्रवक्ता) को जिम्मेवारी सुम्पेको हो।
  • यसअघि यो जिम्मेवारीमा रहेका एसपी पवनकुमार भट्टराईको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख (एसपी) का रूपमा सरुवा भएको छ।

काठमाडौँको सुरक्षा कमान्ड र सूचना प्रवाहको जिम्मेवारी सम्हाल्ने नेतृत्वमा फेरबदल भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापालाई नयाँ अपरेशन कमान्डर तथा सूचना अधिकारी (प्रवक्ता) को जिम्मेवारी सुम्पेको हो।

यसअघि यो जिम्मेवारीमा रहेका एसपी पवनकुमार भट्टराईको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख (एसपी) का रूपमा सरुवा भएको छ। भट्टराईको सरुवापछि रिक्त रहेको महत्त्वपूर्ण पदमा परिसरले थापालाई अगाडि सारेको हो।

काठमाडौँ परिसरको प्रवक्ताका रूपमा एसपी थापाले अब उपत्यकाको शान्ति सुरक्षा, अपरेशन्स र सञ्चारमाध्यमलाई दिइने आधिकारिक सूचनाको व्यवस्थापन सम्हाल्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?