Sunday, May 19
Shadow

Tag: अपराध

जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

पत्र पत्रिका, बजार, समाज
अनलाइन खबर काठमाडौं । लोक सेवा आयोगका एक जना अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको खुलेको छ । सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको खुलेको हो । हाल मिमबहादुर शाहीलाई दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी गरिएको छ । उनकी छोरीको भने उत्तर पुस्तिका रद्द गरिएको छ । आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो । आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले अनलाइनखबरसँग भने, ‘सचिवबाट कारबाहीको प्रस्ताव आयोगमा आइसकेको छ । अब छिट्टै निर्णय हुन्छ ।’ ...
अवैध मिर्गौला प्रत्यारोपण : नक्कली भाञ्जा खडा गर्न प्रहरीले लिए १० लाख

अवैध मिर्गौला प्रत्यारोपण : नक्कली भाञ्जा खडा गर्न प्रहरीले लिए १० लाख

समाज, स्वास्थ्य
काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला प्रत्यारोपण भएको खुलासा भएको छ । र, यसका लागि नेपाल प्रहरीका दुई जना अधिकारीले समेत बर्मालाई सघाएको पाइएको छ । मावन बेचबिखन अनुसन्धान ब्यूरोले अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ, जसमा प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया समते छन् । खनालले नै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने परिवारकी जमुनाराज भण्डारीलाई डा. बर्मासँग भेटाइदिएका थिए । भण्डारीले भक्तपुरकी रेश्मा राईमार्फत खनाललाई भेटेको र उनले १० लाख रुपैयाँ लिएर विचौलियाका रुपमा काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका खनाल र थपलिया मिर्गौला फेरिएका व्यक्ति हुन् । उनीहरुले नै मिर्गौला दिने व्यक्ति खोजी गरेको थिए । थपलियाले नक्कली कागज...
मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा भरतपुर मेडिकल कलेजका तीन डाक्टर पक्राउ

मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा भरतपुर मेडिकल कलेजका तीन डाक्टर पक्राउ

बागमती प्रदेश, समाज
भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत तीन डाक्टरलाई पक्राउ गरेको हो । यस्तै जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी पनि पक्राउ परेका छन् । ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन् । \ जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नाम भने खुलाइएको छैन ।  उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप छ । सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले पनि परिचित छ। प्रहरीले अभियुक्तहरुलाई काठमाडौं ल्याउँदै छ भने आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने ब्यूरोको तयारी छ । प्रहरीका अनुसार लामो अनुसन्धानपछि ४ जनाको संलग्नता खुलेको थियो ।...
अख्तियारकाे नाम लिँदै बार्गेनिङ गरेपछि…

अख्तियारकाे नाम लिँदै बार्गेनिङ गरेपछि…

समाज
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम लिँदै जग्गा व्यवसायीसँग गैरकानुनी लाभ लिएको आरोपमा विभिन्न नौ जनालाई पक्राउ गरिएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका-२ चपलीका जग्गा व्यवसायीसँग आयोगमा उजुरी परेको भन्दै धम्की दिएको पाइएको छ । आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले आफूलाई ज्योतिष बताउने अर्जुनकुमार थापा क्षेत्री, विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शङ्करविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेललाई बिहीबार पक्राउ गरिएको हो । आयोगले उनीहरुको अनुसन्धान जारी रहेकाले आजमात्रै सार्वजनिक गरिएको हो । आरोपीमाथि आयोगमा उजुरी परेको छ भनी आपराधिक लाभ लिन खोजी मोबाइल फोनबाट सूचनाकर्तालाई पटकपटक मिसकल गरेको, फोन रिसिभ गर्दा आफूहरु अनुसन्धान अधिकृत भनेको पाइएको छ । आयोगमा उजुरी प...