Sunday, May 19
Shadow

Tag: आयल निगम

इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

आर्थिक, बजार, विशेष खबर
नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ ।   ‘भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले अगस्ट १ मा पठाएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको छ । कच्चा तेलको मूल्य, डलरको बिनियम दर र आईओसीबाट प्राप्त मूल्यसूचीको आधारमा इन्धनको साबिकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा नोक्सान नै छ ।’ मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४, डिजेल ९० र मटितेल ९० रुपैयाँ पर्नेछ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको ...