Saturday, May 18
Shadow

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेश: थप १० जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेश: थप १० जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेश, स्वास्थ्य
गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् ।यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. २ र ४ मा एक–एक जना पुरुषमा संक्रमण देखिएको छ । कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ५ मा एक जना र वडा नं. ८ मा दुई जना संक्रमित फेला फेला परेका छन् । वडा नं. ८ मा संक्रमण पुष्टि हुनेमा एक जना महिला हुन् । यस्तै बागलुङको बागलुङ नगरपालिका वडा नं. ३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना गरी दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।गोरखाको गोरखा नगरवपालिकामा ४७ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पाइएको छ । उनको वडा नं. खुलेको ...
म्याग्दी पहिरोमा बेपत्ता भएका  तीन जना जीवितै सम्पर्कमा

म्याग्दी पहिरोमा बेपत्ता भएका तीन जना जीवितै सम्पर्कमा

गण्डकी प्रदेश
म्याग्दी।म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ। मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको सङ्ख्या २८ जना पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए। प्रहरीका अनुसार बेपत्ता भएका तीन जना जीवितै सम्पर्कमा आएका छन्। चार जना अझै बेपत्ता छन्। मराङका १९, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको छ। पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन्। प्रहरीका अनुसार पहिराको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोमा...