Sunday, May 19
Shadow

Tag: डिजल

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

आर्थिक, बजार
काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक/एक रुपैयाँको दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्यानुसार अब काठमाण्डौमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैैयाँमा बिक्री वितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । ​वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ ।...