Tuesday, May 7
Shadow

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो


  • -इ
  • इ+

काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक/एक रुपैयाँको दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्यानुसार अब काठमाण्डौमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैैयाँमा बिक्री वितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

​वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्