Saturday, May 18
Shadow

Tag: बाढी

माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

बागमती प्रदेश, समाज
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडी क्षेत्रमा दीर्घकालीन महत्वका काम गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । बाढी र डुबानको चपेटामा परेका क्षेत्र निरीक्षण गर्न शनिबार माडी पुगेका अध्यक्ष प्रचण्डले आफ्नो बाँकी साढे दुई वर्षको सांसद पदको अवधिभित्र माडीका जनताले सधैं सम्झिरहने दीर्घकालीन महत्वका काम गरेरै छाड्ने बताए । प्रचण्डले भने, ‘मैले अरु सामान्य सांसदले जस्तै केही सामान्य काम गरेर मात्रै सुख पाउँदिनँ, केही गरेरै देखाउनु छ ।’ ‘माडीमा केही न केही विकासका दीर्घकालीन आधारशिला खडा गर्नु छ, यहाँका जनताले भविश्यमा समेत सम्झिने काम गर्नु छ, रिउ करिडोरमा रिङरोडको काम सुरु हुन्छ,’ प्रचण्डले थपे । ‘२३ किलोमिटर सडकभित्र १२ वटा पुल निर्माण सुरु भयो’ उनले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा आकाशे पुल बनाउने पूर...
बाढीमा परेर झापामा एक जनाको मृत्यु

बाढीमा परेर झापामा एक जनाको मृत्यु

प्रदेश नं. १, समाज
झापा । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण नदीमा आएको बाढीमा परेर झापामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् । मृत्यु हुनेमा जिल्लाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेश छन् । मलामी जाने क्रममा खोलामा पौडी खेलिरहेका वेला बगाएपछि उनी बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउने वित्तिकै खटिएको प्रहरी चौकी, शरणामती र इलाका प्रहरी कार्यालय, कुमरखोदको टोलीले बाह्रदशी गाउँपालिका–२ मा उनको शव फेला पारेका थिए । भद्रपुर नगरपालिका–३ स्थित मेची खोलामा आएको बाढीले बगाउँदा अर्का एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा स्थानीय ३३ वर्षीय हिरण राई छन् । नुहाउने क्रममा उनी बेपत्ता भएको झापाका एसपी कृष्ण कोइरालाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी महेशपुरबाट टोली गइ खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।...
त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

प्रदेश नं. १, समाज
रासस । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ । त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए । ‘खोलामा आएको बाढीको बहाव नघटेसम्म अर्को पोल राख्न सकिने अवस्था छैन,’ उनले भने, ‘बाढीले ढालेको विद्युत् पोल उठाउन उदयपुरबाट दक्ष प्राविधिक खटाइएको छ । खोलामा आएको बाढीको बहाव घट्ने...
म्याग्दीमा पहिरो : २७ जनाको मृत्यु, झण्डै एक हजार विस्थापित

म्याग्दीमा पहिरो : २७ जनाको मृत्यु, झण्डै एक हजार विस्थापित

गण्डकी प्रदेश, समाज
म्याग्दी । म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट प्राप्त वितरणअनुसार धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृच्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी-६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् । यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, अ. ७ वर्षकी करिश्मा, अ. ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनक...
बाढी पहिरोले दुई महिना आक्रान्त पार्न सक्छ, पूर्व तयारी गरौं : प्रधानमन्त्री

बाढी पहिरोले दुई महिना आक्रान्त पार्न सक्छ, पूर्व तयारी गरौं : प्रधानमन्त्री

समाज
काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् । विपत व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् । ‘यो झरी सकिएपनि दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त पारिरहन्छ । यसका लागि जिल्ला र स्थानीय तहमा राहत तथा उद्दार सामाग्री लगेर राख्न र यतासक्य छिटो पुर्‍याउन निर्देशन दिनुभएको छ’ राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने । उद्दार तथा राहतका लागि पूर्व तयारी भएपनि कहिले काही समस्या आउने गरेको उनले सुनाए । शुक्रबार म्याग्दीमा मौसमका कारण तुरुन्त हेलिकप्टर पठाउन नसकिएको भन्दै उनले बैठकमा यस्तो बेला प्रविधि प्रयोग गर्नेबारे छलफल भएको छ । बाढी तथा पहिरोबाट...
जम्बुको पहिरोमा हराएका २० जना अझै भेटिएनन्

जम्बुको पहिरोमा हराएका २० जना अझै भेटिएनन्

बागमती प्रदेश, समाज
चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढी पहिरोले बेपत्ता भएका २० जना अझै भेटिएका छैनन् । लगातारको वर्षाले सडक अवरुद्धका कारण उनीहरूको खोजीमा कठिनाइ भइरहेको छ । राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहित सुरक्षाकर्मीले बेपत्ताहरूको खोजी गरिरहेको भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको छ । शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको भने जीवितै उद्धार गरिएको छ उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए । जुरे सडक खोल्ने प्रयास लगातारको वर्षाले बुधबा...
बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न चितवन पुगे प्रचण्ड

बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न चितवन पुगे प्रचण्ड

बागमती प्रदेश, समाज
काठमाडौं । बाढी पहिरोले पुर्‍याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । शनिबार चितवन पुगेका नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् । मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको दाहाले स्थनीयलाई बताए । प्रधानमन्त्रीसँग मिटिङ भए पनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको उनले बताए । माडी र मेघौली दाहालको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्छ ।...
बाढीले पूर्वी नवलपरासीमा डाइर्भसन बग्यो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले पूर्वी नवलपरासीमा डाइर्भसन बग्यो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

गण्डकी प्रदेश, समाज
पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बाटो बन्द भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । अहिले सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । हाल गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।...
अरनिको राजमार्गमा ११ ठाउँमा ठूलो क्षति, बाटो खुलाउन पहल सुरु

अरनिको राजमार्गमा ११ ठाउँमा ठूलो क्षति, बाटो खुलाउन पहल सुरु

समाज
काठमाडौं । गत बुधबार राति आएको बाढीपहिरोले अवरुद्ध भएको अरनिको राजमार्ग सन्चालनको पहल सुरु भएको छ । तत्कालीन उपाय अपनाएर सडक सम्पर्क स्थापित गर्ने पहल सुरु भएको हो । सडक सन्चालनको तयारीबारे सभामुख अग्नि प्रसाद सापकोटाले सरोकारवाला निकायका पदाधिकारीहरुसँग छलफल गरेका छन् । बिहीबार मात्रै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेको जम्बु क्षेत्रको अवलोकन गरेर काठमाडौं फर्किएका सभामुख सापकोटाले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सम्बद्ध सरकारी अधिकारी, जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका राजनीतिक नेताहरुसँगको छलफलमा तत्कालीन उपाय अपनाएर टुटेको सडक सम्पर्क स्थापित गर्न पहल जारी राखेको जानकारी गराए । छलफलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले क्षति भएका स्थानमा अस्थायी बाटो बनाएर सडक सम्पर्क स्थापित गर्नुपर्ने बताए । ‘११...