Wednesday, May 8
Shadow

बाढीले पूर्वी नवलपरासीमा डाइर्भसन बग्यो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • -इ
  • इ+

पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बाटो बन्द भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । अहिले सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । हाल गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्