Saturday, May 18
Shadow

Tag: संक्रमण

गण्डकी प्रदेश: थप १० जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेश: थप १० जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेश, स्वास्थ्य
गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् ।यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. २ र ४ मा एक–एक जना पुरुषमा संक्रमण देखिएको छ । कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ५ मा एक जना र वडा नं. ८ मा दुई जना संक्रमित फेला फेला परेका छन् । वडा नं. ८ मा संक्रमण पुष्टि हुनेमा एक जना महिला हुन् । यस्तै बागलुङको बागलुङ नगरपालिका वडा नं. ३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना गरी दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।गोरखाको गोरखा नगरवपालिकामा ४७ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पाइएको छ । उनको वडा नं. खुलेको ...