अज्ञात समूहद्वारा ३ हजार बढि केराको बोट काटेर सखाप !
सारांश
- चितवन, १८ बैशाख ।
- पूर्वी चितवनको कालिका नगरपालिका ३ भटेनी नयाँ टोलमा किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारेका छन् ।
- भटेनी नयाँ टोलमा स्थानिय १२ जना किसानले लगाएको केराखेती अज्ञात समूहले सोमबारराती नष्ट गरिदिएको केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तले जानकारी गराए ।
चितवन, १८ बैशाख । पूर्वी चितवनको कालिका नगरपालिका ३ भटेनी नयाँ टोलमा किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारेका छन् ।
भटेनी नयाँ टोलमा स्थानिय १२ जना किसानले लगाएको केराखेती अज्ञात समूहले सोमबारराती नष्ट गरिदिएको केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तले जानकारी गराए । 
रातको समय पारेर अज्ञात समुहले किसानको केरा बगानमै पसेर छानिछानि केराको घारीसहित नष्ट गरेको उनले बताए । पन्तका अनुसार स्थानिय १२ किसानका ३१ सय बढी केरा काटेर नष्ट गरिएको र सोही ठाँउको मकैमा समेत क्षति पुराएका छन् ।
सो समुहले कोपिला दाहालको सबैभन्दा धेरै १२ सय बोट नष्ट गरिएको छ । त्यस्तै शोभा भट्टको ६ सय बोट, झलक सुवेदीको ३ सय, नवराज धितालको १ सय ५०,शंकर अम्गाईको २ सय ५०,देवी प्रसाद गोतामेको ५०, धुव्र आचार्यको ३५, गोपी लामिछानेको २ सय, गाविन्द दाहालको ५०, लिला पंगेनीको १ सय ५०, पुर्ण वहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा पुर्ण रुपमा नष्ट भएको छ ।
फलेका केरा काटेर केरा नष्ट गर्नु सूनियोजित घटना भएको भन्दै दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न किसानले माग गरेका छन् । केहीदिन अघि मात्रै सो क्षेत्रवाट लागु पदार्थ सेवन गरिरहेका युबालाई प्रहरीले पक्राउ गरेको थियो । उनिहरुको समूहबाट नै केरा फडानी गरेको हुनसक्ने स्थानियको अनुमान छ ।
एउटा बोटमा फलेको केरा बिक्री हुँदा किसानले पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । किसानहरुको साढे १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको अध्यक्ष पन्तले बताए । पूर्वी चितवन केराका लागि विशेष क्षेत्र हो । चितवनमा पछिल्लो समय केराखेती फष्टाउँदै गएको थियो ।
यसैविच क्षति भएको केरा वगानको अध्यक्ष पन्तसहित कालिका नगरका वडा अध्यक्ष विनोद रेग्मी र इलाका प्रहरी कार्यालय रत्ननगर टाडीँका प्रहरी नायक उपरिक्षक बासुदेव खतिवडाले स्थगल निरिक्षण समेत गरेका छन् ।
सो अवसरमा प्रहरी नायब उपरिक्षक खतिवडाले किसान मार समुहको खोजी कार्य तीव्र परिएको जानकारी दिदै उनीहरुलाई छिटै पक्राउ गरि कार्वाही गरिने बताए ।
Justin Biral
? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Kc Ganesh
उदयपुरमा रातमा डाेजर लायर
सार्बजनिक बाटाे खन्ने टाेलि त अज्ञात भयपछि केराकाे गाछि काटने त झन महा अज्ञात भैगाेनि ।
Ganesh Shakya
Yo chai ramro bhayan bhaai.
Chinkaji Kumal
k vahokoho