अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १६, २०७७
|
|
३९ पटक हेरिएको
Shares
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस

सारांश

  • काठमाडौँ, १६ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ ।
  • काँग्रेसको आज दिउँसो बस्ने केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ ।
  • पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गते नै गर्ने र अन्य अधिवेशनका तालिकामा हेरफेर गर्न सकिने बारेमा छलफल गरेको थियो ।

काठमाडौँ, १६ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ । काँग्रेसको आज दिउँसो बस्ने केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गते नै गर्ने र अन्य अधिवेशनका तालिकामा हेरफेर गर्न सकिने बारेमा छलफल गरेको थियो । सो विषयमा केन्द्रीय समिति बैठकले आवश्यक छलफल गरी निर्णय गर्ने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहत निकायका अधिवेशन र १४ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । सो तालिकाअनुसार २०७६ फागुन देखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो । तर कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नविकरण कार्य स्थगित गर्नुपरेको थियो ।

काँग्रेसले १४ औँ महाधिवेशनका लागि गाउँ/नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अघि अघि राष्ट्रपति, पछि पछि पूर्व राजा
अघि अघि राष्ट्रपति, पछि पछि पूर्व राजा
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही
गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः  देउवा
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः देउवा
बेनीबाट मुस्ताङ पुग्ने सडक पहिरोले छियाछिया
बेनीबाट मुस्ताङ पुग्ने सडक पहिरोले छियाछिया
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
संगीतकार बिजु बज्रको निधन
संगीतकार बिजु बज्रको निधन
जुगलद्वारा कपनमा प्रभातफेरी कार्यक्रम
जुगलद्वारा कपनमा प्रभातफेरी कार्यक्रम
वर्षाका कारण कहाँ कस्तो प्रभाव ?
वर्षाका कारण कहाँ कस्तो प्रभाव ?
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम

तपाईंले छुटाउनुभयो कि?