आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
३६ पटक हेरिएको
Shares
आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

बेइजिङ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ¬स्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्वपूर्ण रहेको बताए।

“नेपाल आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेको छ । यसलाई सही ढङ्गले पूरा गर्न सकिएन भने राजनीतिक उपलब्धि खतरामा पर्ने अवस्था आइपर्न सक्छ, यसकारण हरहालतमा समृद्धिको कार्यभारलाई पूरा गर्नुपर्छ”, उनले भने, “यसका निम्ति दूतावासले आर्थिक कूटनीतिलाई पनि परिचालन गर्नुपर्छ ।”

दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको समृद्धि र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । उनले वर्तमान सरकारले समृद्धि, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता राखेको उल्लेख गरे ।

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलनका आधारमा अगाडि बढाउने काममा वर्तमान सरकार तुलनात्मक रुपले सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासनको स्थापना, अर्थतन्त्रमा देखिएका समस्या समाधान तथा आर्थिक विकासको प्रक्रियालाई तीव्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए । उनले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले दुई देशका उच्च नेतृत्वबाट भएको भ्रमणबाट दुई देशबीच विश्वासको वातावरण बनेको बताए ।

“नेपाल र चीनबीचको जनस्तरका साथै द्विपक्षीय सम्बन्ध बजबुद भएको छ, दुई देशबीच भएका सम्झौता र समझदारी कार्यान्वयनले गति लिने विश्वास छ”, उनले भने ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ दूतावासमा आयोजित दिवाभोजमा सहभागी भएका थिए । कार्यक्रममा दूतावासका कर्मचारीलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोगद्धारा आज बन्दसूचीको सूचना प्रकाशन गर्ने तयारी
उपनिर्वाचन २०७६ : चुनावको तिथि नजकिँदा प्रचारप्रसारमा तीव्रता
उपनिर्वाचन २०७६ : चुनावको तिथि नजकिँदा प्रचारप्रसारमा तीव्रता
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा
लोडसेडिङ मुक्त नेपालको परिकल्पनामा थपियो ६० मेगावाट बिजुली
लोडसेडिङ मुक्त नेपालको परिकल्पनामा थपियो ६० मेगावाट बिजुली
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने
डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने
वामदेव झन आक्रोश – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्
वामदेव झन आक्रोश – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्
छैठौँ पटक संसदीय दलको नेता देउवा निर्वाचित
छैठौँ पटक संसदीय दलको नेता देउवा निर्वाचित
एमालेलाई सरकारमा आउन हतारो, छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री देउवा
एमालेलाई सरकारमा आउन हतारो, छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री देउवा
पूर्वप्रधानमन्त्रीहरूले दिए अोलीलार्इ यस्तो सुझाव !
पूर्वप्रधानमन्त्रीहरूले दिए अोलीलार्इ यस्तो सुझाव !