जहाँ थियाे त्यहीँ छ, नारामा मात्र गाउँ पुग्यो सिंहदरबार

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • जाजरकाेट,माघ ३ ।
  • ‘गाउँमै सिंहदरबार अाइपुग्छ’ भन्ने अाशमा स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गरेका सर्वसाधारण यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् ।
  • आजको नागरिक दैनिकमा खबर छ ।

जाजरकाेट,माघ ३ । ‘गाउँमै सिंहदरबार अाइपुग्छ’ भन्ने अाशमा स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गरेका सर्वसाधारण यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् ।

आजको नागरिक दैनिकमा खबर छ । गाउँगाउँमा सिंहदरबार सुनेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम खलंगामा आउनु पर्दा स्थानीय सरकारको कुनै अनुभूति गर्न नपाएको गुनासो गर्न थालेका छन् ।

सदरमुकाम खलंगा बाहेक कुनै पनि स्थानीय तहमा बैंकिङ सेवा नहुँदा जनताले पुरानै सास्ती खेप्नु परेको सरोकारवालाको भनाइ छ ।स्थानीय सरकार स्वायत्त र अधिकार सम्पन्न हुने र जनताका सबै काम गाउँबाटै हुने भनिए पनि मुख्य रूपमा बैंकिङ सेवा, नागरिकता, मालपोतको नापी र अन्य महत्वपूर्ण कामका लागि स्थानीयलाई सदरमुकाममा आउनैपर्ने बाध्यता छ ।

सदरमुकाम खलंगामा सरकारी तथा निजी क्षेत्रका आधा दर्जन बैंक भए पनि अन्य स्थानीय तहमा भने सुरक्षा र अन्य व्यवस्थापनका कारण बैंक स्थापना हुन सकेका छैनन् । यसले स्थानीयलाई सदरमुकाम खलंगामा नआई सुखै छैन ।

‘नारामा मात्र सिंहदरबार गाउँ पुग्यो। हामीलाइ भने सिंहदरबार खोज्न सदरमुकाममै आउनुपर्ने भयो,’ जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का धनबहादुर खड्काले भने । मुख्य काम गर्न खलंगा नआई नहुने भएपछि परिवर्तन आयो भन्ने झूट भएको भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीका पूर्वमन्त्री अधिकारीले अब सर्वोच्च ‘फेस’ गर्नुपर्ने
कोशीका पूर्वमन्त्री अधिकारीले अब सर्वोच्च ‘फेस’ गर्नुपर्ने
चोलेन्द्र विरुद्धको महाअभियोग प्रस्ताव नयाँ संसदमा लैजान सांसदहरु सहमत
चोलेन्द्र विरुद्धको महाअभियोग प्रस्ताव नयाँ संसदमा लैजान सांसदहरु सहमत
विश्वकप छनोट : यमनसँग नेपाल पराजित
विश्वकप छनोट : यमनसँग नेपाल पराजित
‘छाती भरि ब्यथा बोकी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)
‘छाती भरि ब्यथा बोकी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)
के कारणले पक्राउ परे व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योती ?
के कारणले पक्राउ परे व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योती ?
नवराज सिलवालबारे प्रधानमन्त्री ओलीले थाले यस्तो तयारी
नवराज सिलवालबारे प्रधानमन्त्री ओलीले थाले यस्तो तयारी
भारत सरकारकाे नाटक: वार्ता रोकेर मन्त्री काठमाडौंमा
भारत सरकारकाे नाटक: वार्ता रोकेर मन्त्री काठमाडौंमा
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
एसइई को परीक्षाफलका कारण परीक्षा नियन्त्रक कारबाहीमा
एसइई को परीक्षाफलका कारण परीक्षा नियन्त्रक कारबाहीमा
जाने होइन प्रधानमन्त्री ओलीसँग टीका लगाउन ?
जाने होइन प्रधानमन्त्री ओलीसँग टीका लगाउन ?

तपाईंले छुटाउनुभयो कि?