अनुकुल समयमा उम्मेदवार मनोनयन दर्ता आयोगको आग्रह

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख १०, २०७९
|
|
३९ पटक हेरिएको
Shares
अनुकुल समयमा उम्मेदवार मनोनयन दर्ता आयोगको आग्रह

सारांश

  • निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ ।
  • स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
  • विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकोले आयोगको भनाइ छ ।

निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकोले आयोगको भनाइ छ । यसले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन उम्मेदवारको सूची प्रकाशन गर्न नसकिएको सन्दर्भमा दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको आयोगले स्पष्ट पारेको छ ।

कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएको हुँदा यस विषयमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः आयोगले उपलब्ध गराएको मनोनयन दर्ताको समयमा मनोनयन दर्ता कार्यलाई सु–व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पादन हुने गरी सहयोग पु¥याउन हुन तथा कानून बमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकार माथि कहि कतैबाट कुनै अवरोध आउन नदिन र निर्धारित दुई दिन मध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।’

(https://bestsellerpublishing.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनबाट फर्केर परराष्ट्रमन्त्री ज्ञवालीले के भने ?
चीनबाट फर्केर परराष्ट्रमन्त्री ज्ञवालीले के भने ?
कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री
भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत
भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत
पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना
पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु
इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु
यो होटलमा भेट गर्दैछन् डोनाल्ड ट्रम्प र किम जोङ
यो होटलमा भेट गर्दैछन् डोनाल्ड ट्रम्प र किम जोङ
कैलाली ट्रक दुर्घटनामा १ को मृत्यु
कैलाली ट्रक दुर्घटनामा १ को मृत्यु
यसकारण फुटाइएकाे रहेछ मन्त्रालय !
यसकारण फुटाइएकाे रहेछ मन्त्रालय !
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने