१७ महीनापछि हवाई उडान

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक ७, २०७५
|
|
६० पटक हेरिएको
Shares
१७ महीनापछि हवाई उडान

सारांश

  • मुसिकोट, ७ कात्तिक, रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ ।
  • सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो ।
  • हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो ।

मुसिकोट, ७ कात्तिक, रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार बुधबार काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान हुने बताइएको छ ।

उडान शुरु भएको आज पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित आठ जनाले नेपालगञ्जसम्मको हवाईयात्रा गरेका छन् । झण्डै डेढ वर्षपछि यहाँको हवाईसेवा सञ्चालनमा आउँदा सर्वसाधारणमा खुशी छाएको छ । हवाई सेवाले रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई छिटो यात्राका लागि सहज गराएको छ । आजदेखि निगमको जहाजले पुनः उडान शुरु गरेसँगै यहाँको नयाँ भाडादरसमेत कायम गरिएको छ । अबदेखि चौरजहारीबाट काठमाडौँका लागि रु आठ हजार र नेपालगञ्जलाई रु तीन हजार भाडादर निर्धारण गरिएको स्टेशन प्रमुख नेपालीले जानकारी दिनुभयो ।

यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गत वर्षको जेठ अन्तिम साताबाट यहाँको उडान बन्द गरिएको थियो । बन्द हवाईसेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए । विसं २०२८ बाट सञ्चालनमा आएको उक्त विमानस्थलको थप स्तरोन्नतिका लागि पाँच वर्षअघि धावनमार्गमा कालोपत्रे गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Welcome to Zoho Mail
प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान
प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान
जोकोभिचलाई युएस ओपनको उपाधि !
जोकोभिचलाई युएस ओपनको उपाधि !
अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र
अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
..त्यसपछि पोखरेको नोटिसमा परेका थिए गिरी
..त्यसपछि पोखरेको नोटिसमा परेका थिए गिरी
कांग्रेसको १३ दिने केन्द्रिय समिति बैठकमा केके भए, अब के हुन्छ ?
कांग्रेसको १३ दिने केन्द्रिय समिति बैठकमा केके भए, अब के हुन्छ ?
कोरोना भाइरसको प्रकोपबाट बच्न सतर्कता अपनाउदै इद उल फित्र मनाउन प्रम ओलीको अनुरोध

तपाईंले छुटाउनुभयो कि?