अनुषा भइन् दशौं मिसेस हिमालयन नेपाल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०८०
|
|
४९ पटक हेरिएको
Shares
अनुषा भइन् दशौं मिसेस हिमालयन नेपाल

सारांश

  • काठमाडौं।
  • ओखलढुंगाकी अनुषा कार्कीले मिसेस हिमालयन नेपाल २०२३ को ताज पहिरीन सफल भएकी छिन्।
  • हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित आइतबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रमको दशौं संस्करणको बिजेता अनुषा बन्न पुगेकी हुन्।

काठमाडौं। ओखलढुंगाकी अनुषा कार्कीले मिसेस हिमालयन नेपाल २०२३ को ताज पहिरीन सफल भएकी छिन्। हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित आइतबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रमको दशौं संस्करणको बिजेता अनुषा बन्न पुगेकी हुन्।

नेपाली सौन्दर्य प्रतियोगीताको इतिहासमा अनवरत सन्चालित कार्यक्रममध्ये एक मिसेस हिमालयन नेपाल विवाहित महिलाहरूको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगीता हो। कार्यक्रमको फस्ट रनर अपमा अनिषा घजु र सेकेन्ड रनर अपमा राज्यलक्ष्मी कर्माचार्यले आफ्नो स्थान सुरक्षित राख्न सफल भएका छन्।

सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सन्चालित सो कार्यक्रममा एक दर्जन प्रतियोगीहरूले दुइ साता सम्म ब्यक्तित्व विकास वोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक, वौद्धिक विकाश लगायतका विविध बिषयमा तालिम लिइ पारगत रुपमा आफूलाई स्टेजमा उतारेका थिए।

स्टेजकी अभिनेत्री समेत रहेकी कोरीयोग्राफर सुब्बाले प्रतियोगीहरूलाई ‘मलाइ आँखैको परेलीमा’ बोलको गीतमा सुन्दर नृत्य समेत गराएकी थिइन्। परिचय चरण, प्रश्नोत्तर चरण, लिखीत चरण र क्राउनिङ चरणहरूमा सम्पूर्ण प्रतियोगीहरूले आफूलाई प्रमाणित गर्ने कोशिस गरेका थिए।

अभिनेता तथा चलचित्रकर्मी सिमान्त उदास, अभिनेत्री मोडल शुष्मा अधिकारी, मोडल तथा मिस्टर ह्यान्डसम नेपाल अभिषेक खड्का, मिसेस मंगोल नेपाल २०२३ सरीता गुरुङ निर्णायक मण्डल रहेको सो कार्यक्रममा कलाकारहरूले चिक्ताकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा विविध सवटाइटलहरू समेत वितरण गरिएको थियो जसमा अनुषा कार्की मोस्ट एट्राक्टीभ, अनिषा घजु मोस्ट एयाक्टीभ, राज्यलक्ष्मी कर्माचार्य मोस्ट डाइनामिक, मोस्ट करिज्म्याटीक पन्चु लिम्बु, मोस्ट स्मार्ट रोज खड्गी, मोस्ट सिन्सियर मन्जीला राई, मोस्ट अनेष्ट शुष्मा रसाईली, मोस्ट इनर्जेटिक जयन्ति डंगोल, मोस्ट डिलिजेन्ट शुमित्रा तामाङ, वेष्ट फोटोजेनीक सुनु थापा, मोस्ट डिलाइटफुल कृष्णा श्रेष्ठ, मोस्ट पपुलर पन्चु लिम्बु, पब्लिक च्वाईस भिडियो अवार्ड मन्जीला राईले हात पार्न सफल भएका थिए।

विवाहित महिलाहरूको क्षमता, प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको आयोजक पक्षले जनाएको छ। कार्यक्रमको सन्चालन रोजिन शाक्यले गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
म्याग्दीमा  थपिए चार हजार मतदाता
म्याग्दीमा थपिए चार हजार मतदाता
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
ऊर्जा मन्त्रालयसँग जोडियो बास्कोटाको नाम
ऊर्जा मन्त्रालयसँग जोडियो बास्कोटाको नाम
इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन
इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन
बाम गठबन्धनका समानुपातिक उम्मेदवार गोरखा पुग्दा चिनकाजी र धिरन थापा संकटमा
बाम गठबन्धनका समानुपातिक उम्मेदवार गोरखा पुग्दा चिनकाजी र धिरन थापा संकटमा
१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…
१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
फोहोरलाई मोहरमा रुपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री दाहाल
फोहोरलाई मोहरमा रुपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?