अन्योलमा चालक अनुमतिपत्र नेपालीकरण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १२, २०७६
|
|
३२ पटक हेरिएको
Shares
अन्योलमा चालक अनुमतिपत्र नेपालीकरण

सारांश

  • अन्य मुलुकमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण रोकिएको डेढवर्ष बितेपनि सो सेवा फेरि खुलाउने वा नखुलाउने भन्ने अन्योल छ ।
  • नेपालीकरण गर्नका लागि आवश्यक कानूनी व्यवस्था नहुँदा खुलाउन नसकिएको हो ।
  • वैदेशिक रोजगारीमा वा अध्ययनका लागि विदेश गएर आएका वा विभिन्न कामका सिलसिलामा नेपाल आएका विदेशी सेवाग्राही सो सेवा लिन आइपुग्ने गरेका छन् ।

अन्य मुलुकमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण रोकिएको डेढवर्ष बितेपनि सो सेवा फेरि खुलाउने वा नखुलाउने भन्ने अन्योल छ ।

नेपालीकरण गर्नका लागि आवश्यक कानूनी व्यवस्था नहुँदा खुलाउन नसकिएको हो । वैदेशिक रोजगारीमा वा अध्ययनका लागि विदेश गएर आएका वा विभिन्न कामका सिलसिलामा नेपाल आएका विदेशी सेवाग्राही सो सेवा लिन आइपुग्ने गरेका छन् । ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरणका लागि पहिले आवश्यक निर्दे्शिका बनाएर मात्रै काम गर्न सकिने यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्रले जनाएको छ ।

आवश्यक कानूनी व्यवस्था नहुँदा केलाई आधार बनाएर चालक अनुमतिपत्र जारी गर्ने भनीे समस्या रहेको कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताउनुभयो । कार्यालयले अहिले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको मात्रै परराष्ट्र मन्त्रालयको सिफारिसमा चालक अनुमतिपत्र नेपालीकरण गर्दै आएको छ । यातायात व्यवस्था कार्यालय अहिले प्रदेश सरकारमा गइसकेकाले उसले नै आवश्यक कानून बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो,“धेरै सेवाग्राही आइरहेकाले हामीले प्रदेश सरकारलाई कानून निर्माण गर्न भनिरहेका छौँ ।”

सरकारले नेपालमा ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु भएपछि अरु देशका ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपालको ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेको थियो । विदेशमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्र सही हो–होइन भनी छुट्टाउन नसकिने हुँदा विगतमा विभिन्न किसिमका समस्या आएको थियो । सोही मुद्दामा सङ्लग्न भएको भनी यहाँ कार्यरत कर्मचारीलाईसमेत कारवाहीको सिफारिस भएको थियो । नेपालीकरणका लागि आवश्यक कानूनी आधार नभएको भन्दै कार्यालयले विसं २०७५ भदौमा नै सो सेवा अवरुद्ध गरेको थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् हरिबोधिनी एकादशीमा जानै पर्ने चार नारायण मन्दिर
यी हुन् हरिबोधिनी एकादशीमा जानै पर्ने चार नारायण मन्दिर
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प
Italian court finds man guilty of kidnapping British model
Italian court finds man guilty of kidnapping British model
झापामा चार भारतीयसहित आठ जना यौनकर्मी पक्राउ
झापामा चार भारतीयसहित आठ जना यौनकर्मी पक्राउ
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्चको आदेश
डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्चको आदेश
एनजिओको २० अर्ब रुपैयाँबारे सरकारलाई थाहै छैन
एनजिओको २० अर्ब रुपैयाँबारे सरकारलाई थाहै छैन
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता