सुतेकै अवस्थामा दुईजना मृत फेला

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १७, २०७४
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • मेलम्ची, १७ जेठ ।
  • सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् ।
  • शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

मेलम्ची, १७ जेठ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् ।

शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालभित्र बान्ता गरी खुट्टा जोडिएको अवस्थामा दुवैजना मृत भेटिएका हुन् । गएराति मोबाइल चार्ज गर्नका लागि जेनेरेटर खोलेर सुतेका उनीहरुको जेनेरेटरबाट आउने कार्बन डाईअक्साइडको धुवाँ बढी भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको तथा शवपरीक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
फेरि सक्रिय भयो मनसुनः सतर्क रहन आग्रह
६५ वर्षीय वृद्धको पोखरीमा डुबेर मृत्यु
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ, अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन हुने
चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ, अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन हुने
सरापे र राजुले ल्याए “गुलेली”
सरापे र राजुले ल्याए “गुलेली”

तपाईंले छुटाउनुभयो कि?