त्रिशूली थ्री–एको निर्माण तोकिएको समयअघि सक्न ताकेता

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
४० पटक हेरिएको
Shares
त्रिशूली थ्री–एको निर्माण तोकिएको समयअघि सक्न ताकेता

सारांश

  • ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजनाको काम निर्धारित समयअघि नै सम्पन्न गर्न विद्युुत् प्राधिकरणले निर्देशन दिएको छ ।
  • ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले शनिबार स्थलगत निरीक्षण गरी अर्कोे हिउँदमा विद्युत् उत्पादन गर्न निर्देशन दिएका हुन् ।
  • टोलीले आयोजनास्थलमा भूकम्प र पहिरोले क्षति पु¥याएको बाँधस्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको अवलोकन गरेको थियो ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजनाको काम निर्धारित समयअघि नै सम्पन्न गर्न विद्युुत् प्राधिकरणले निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले शनिबार स्थलगत निरीक्षण गरी अर्कोे हिउँदमा विद्युत् उत्पादन गर्न निर्देशन दिएका हुन् ।

टोलीले आयोजनास्थलमा भूकम्प र पहिरोले क्षति पु¥याएको बाँधस्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको अवलोकन गरेको थियो । आयोजनास्थलमा पहिरो रोकथाम र सडक मर्मतको जिम्मा पाएको नेपाली सेना र परामर्शदाता कम्पनीबीच पनि सो टोलीले छलफल गरेको थियो । छलफलमा मन्त्रालय र प्राधिकरणले तोकेको समयभन्दा अगाडि नै निर्माण सम्पन्न गर्न आवश्यक सहयोग गर्ने र ठेकेदार कम्पनीहरूले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘माथिल्लो त्रिशूली थ्री–एलाई सरकारले उच्च प्राथमिकता दिएर विशेष निगरानीमा राखेको छ, त्यसैले तोकिएको समयभन्दा अघि नै आयोजनाको निर्माण सकिनुपर्छ,’ सचिव उपाध्यायले भने, ‘निर्माणमा आउने अवरोध तथा समस्या समाधानका लागि मन्त्रालय र प्राधिकरण सञ्चालक समिति सधैँ तयार छ ।’

भूकम्प र पहिरोका कारण निर्माणमा अवरोध भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ सम्म थप गरेको छ । प्रसारणलाइन निर्माणसहितको निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाले जनाएको छ । लागत र समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी)सँगको सम्झौता १८ जेठ ०६८ (१ जुन २०११)बाट कार्यान्वयमा आएको हो । समयमा निर्माणस्थल दिन नसक्दा, विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने भन्ने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि म्याद १६ असार ०७३ सम्म थपिएको थियो । ठेकेदार कम्पनीले अहिले करिब ३ सयजना कामदार परिचालन गरी काम गरेको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनाको कामलाई तीव्रता दिन अहिले कुनै समस्या नरहेको बताए । ‘चिनियाँ एक्जिम बैंकले ऋणको अवधि थप गरिसकेको छ, सेनाले पनि काम सुरु गरिसकेको छ,’ उनले भने, ‘अर्को वर्षको फेब्रुअरीभित्र विद्युत् उत्पादन गर्ने गरी काम हुनुपर्छ, त्यस समयमा निर्माण सकिएमा हिउँदको विद्युत् माग व्यवस्थापन गर्न भारतबाट बिजुली ल्याउनुपर्दैन, जुन मुलुकका लागि ठूलो उपलब्धि हो ।’ घिसिङले निर्माणमा थप जनशक्ति परिचालन गर्न र निर्माण समन्वयका लागि आयोजना, ठेकेदार कम्पनीहरू र परामर्शदाता कम्पनीबीच हरेक हप्ता बैठक बसी समस्या समाधान गर्न निर्देशन दिए ।

आयोजनाले निर्माण गरिहेको त्रिशूली थ्री–ए मातातीर्थ २ सय २० केभी प्रसारणलाइनको १ सय ४२ वटा टावरमध्ये अहिलेसम्म ९१ वटाको जग हालिएको छ । आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको हो । आयोजनाका लागि चीनले एक्जिम बैंकमार्पmत ११ करोड ५७ लाख अमेरिकी डलर ऋण दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?