अब अध्यक्ष मण्डलबिनाको राष्ट्रिय जनता पार्टी
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं, २३ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डल अबदेखि नरहने भएको छ । राजपाको बैठकमा अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र राय यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।
विधानमा राजेन्द्र महतोचाहिँ अध्यक्ष मण्डल राख्ने कि नराख्ने विषयमा मौन थिए । अनिल कुमार झा र महेन्द्र राय यादवले अध्यक्ष मण्डलको प्रावधान राखेका थिए । विधानमा अध्यक्ष मण्डलको प्रावधान उल्लेख गरेको भए तापनि पनि महेन्द्र राय यादवले भने मौखिक रुपमा अध्यक्ष मण्डल भन्दा एकल अध्यक्ष राम्रो हुने धारणा व्यक्त गरेका थिए ।
त्यस्तै, अनिल कुमार झाले अध्यक्ष मण्डलको प्रावधान उल्लेख गरेका थिए । उनले विधानको अन्तिममा विकल्पको रुपमा एकल अध्यक्ष हुनुपर्ने उल्लेख गरेका थिए । तीन नेताले पेश गरेका विधानको बारेमा अध्ययन गरी एकीकृत विधान बनाउनका लागि लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल रहेको कार्यदल बनाइएको थियो । कार्यदलले असार २१ गतेदेखि शुरु भएको राजनीतिक समितिको बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । सो विधानमा अध्यक्ष मण्डलका प्रावधानलाई हटाएर एकल अध्यक्षको व्यवस्था गरिएको छ ।
Kshitiz Thapa
रा ज पा को झन्डा चै भारत को जस्तो किन बनाएको तेही झन्डा लाई नेपाल को झन्डा अनुसार बनाउन पनि त सकिने थियो चित नबुझेको कुरो???