अब बन्ने प्रधानमन्त्री बारे बामदेव गौतमको यस्तो खुलासा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
५३ पटक हेरिएको
Shares
अब बन्ने प्रधानमन्त्री बारे बामदेव गौतमको यस्तो खुलासा

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् ।
  • बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा कुरा गर्दै नेता गौतमले अध्यक्षद्धय ओली र प्रचण्डबीच आलोपालो सरकार सञ्चालनबारे सहमति भएको कुरा पुष्टि समेत गरे ।
  •  नेता गौतमले आफ्नो पार्टी नेपाली जनताको साथी र असल मित्र रहेको पनि बताए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा कुरा गर्दै

नेता गौतमले अध्यक्षद्धय ओली र प्रचण्डबीच आलोपालो सरकार सञ्चालनबारे सहमति भएको कुरा पुष्टि समेत गरे । नेता गौतमले आफ्नो पार्टी नेपाली जनताको साथी र असल मित्र रहेको पनि बताए । उनले भने,‘अब देशभित्र रहेको गरिबी समाप्त पार्ने काम यो पार्टीले गर्छ । अहिले हामीलाई मुलुकलाई अघि बढाउने ऐतिहासिक अवसर प्राप्त भएको छ ।

सोहीअनुसार वर्तमान सरकार अघि बढिरहेको छ ।’ आगामी तीन वर्ष्भित्र देशलाई आफूहरुले धेरै माथि उठाउनेपनि उनको दाबी छ । देशमा विद्यमान रहेको गरिबीलाई हटाउने उनको प्रतिबद्धता छ । उनले मुलुक यतिवेला समाजवादउन्मुख दिशामा नै अघि बढिरहेको पनि उनले विश्वास दिलाए । गौतमले भने,‘यो समाजवादउन्मुख होईन कि मेरो लाईन त समाजवाद नै हुनुपर्छ भन्ने हो ।

समाजवादउन्मुख भनेर संविधान र पार्टीको कार्यक्रमले पनि भनिसकेको सुनाउँदै आफूले त समाजवाद नै लागु गरिहालौं भनेको पनि सुनाए । नेता गौतमले यो देशमा कम्युनिष्ट पार्टीलाई कहिल्यैपनि र कसैलेपनि पराजित गर्न नसक्ने गरि पार्टी निर्माण गर्ने पनि आफ्नो महत्वकांक्षी योजना सुनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशांकले संसदीय दलको नेता बन्न राखे यस्तो शर्त
सशांकले संसदीय दलको नेता बन्न राखे यस्तो शर्त
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो
गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो
नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा तय
नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा तय
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?
फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
आचारसंहिता उल्लंघन गरेर हिँड्न,म कांग्रेस पार्टीको अध्यक्ष होइन -केपि ओलि
आचारसंहिता उल्लंघन गरेर हिँड्न,म कांग्रेस पार्टीको अध्यक्ष होइन -केपि ओलि

तपाईंले छुटाउनुभयो कि?