अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?

सारांश

  • काठमाडाैं।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रस्तावमा अमेरिकाको इण्डो–प्यासिफिक स्ट्राटेजी (आइपिएस) चीनलाई घेरा हाल्नका लागि ल्याइएको भनी लेखिएको कुरा फिर्ता लिएका छन् ।
  • प्रतिवेदनमा लेखिएको थियो, ‘उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ–नयाँ रणनीतिको विकास गरिरहेको छ ।

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रस्तावमा अमेरिकाको इण्डो–प्यासिफिक स्ट्राटेजी (आइपिएस) चीनलाई घेरा हाल्नका लागि ल्याइएको भनी लेखिएको कुरा फिर्ता लिएका छन् ।

प्रतिवेदनमा लेखिएको थियो, ‘उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ–नयाँ रणनीतिको विकास गरिरहेको छ । यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरूमा आफ्नो प्रभुत्व विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रूपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रूपमा इण्डो प्यासिफिक रणनीति अगाडि  बढाइरहेको छ ।’

केही सदस्यहरूले प्रतिवेदनको उक्त अंशको आलोचना गरेपछि बैठकको समापन मन्तव्यका क्रममा दाहालले फिर्ता लिएको घोषणा गरेका हुन् ।

एमसीसीबारे अध्ययन समिति

नेकपाले विवादित एमसीसी परियोजना सम्झौताबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा परराष्ट्रमन्त्रीसमेत रहेका पोटिलब्युरो सदस्य प्रदीप ज्ञवाली र अर्का पोलिटब्युरो सदस्य भीम रावल सदस्य छन् ।

ज्ञवाली एमसीसी अमेरिकाको इण्डोप्यासिफिक रणनीतिसँग सम्बन्धित नरहेको भन्दै संसद्बाट अनुमोदन हुनुपर्ने पक्षमा छन् । रावलले सम्झौताको चर्को विरोध गर्दै आएका छन् । उनले उक्त सम्झौता अमेरिकाको सैन्य रणनीतिको एक अंग हो भन्ने ठोकुवा गर्दै नेपालसँगको सम्झौता राष्टघाती रहेको बताउने गरेका छन् । उनी कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नहुने पक्षमा छन् । खनालले पक्ष–विपक्षमा प्रष्ट बोलेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
को को सांसद परे संयुक्त संसदीय सुनुवाई समितिमा ?
को को सांसद परे संयुक्त संसदीय सुनुवाई समितिमा ?
महाराष्ट्रमा अनिल कपुरलाई मुख्यमन्त्री बनाए के हुन्छ?
महाराष्ट्रमा अनिल कपुरलाई मुख्यमन्त्री बनाए के हुन्छ?
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको
अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको
सिन्धुपाल्चोक–१ मा माओवादी ४ हजार बढी मतले आगाडी !
सिन्धुपाल्चोक–१ मा माओवादी ४ हजार बढी मतले आगाडी !
एक्कासी बाढी आउन सक्छ सतर्क हुनुहोला : मौसम पूर्वानुमान
एक्कासी बाढी आउन सक्छ सतर्क हुनुहोला : मौसम पूर्वानुमान
निर्वाचन सम्पन्न भएपछी यस्तो आयो प्रधानमन्त्रीको भनाई
निर्वाचन सम्पन्न भएपछी यस्तो आयो प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री ओली र मोदीले सँगै पूजा गर्ने
प्रधानमन्त्री ओली र मोदीले सँगै पूजा गर्ने
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली

तपाईंले छुटाउनुभयो कि?