अमेरिका र मेक्सिको बीच स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ११, २०७५
|
|
३९ पटक हेरिएको
Shares
अमेरिका र मेक्सिको बीच  स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !

सारांश

  • वासिङ्टन, ११ भदौ ।
  • उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ ।
  • वासिङ्टनमा दुबै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक पुगेको बताइएको छ ।

वासिङ्टन, ११ भदौ । उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ । वासिङ्टनमा दुबै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक पुगेको बताइएको छ । मेक्सिकोका अर्थसचिव इल्डेफोन्सो गुआजार्डोले आठ घण्टासम्म चलेको छलफल निकै सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिनुभयो । आइतबारको वार्तामा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी हुनुहुन्थ्यो । गुआजार्डोका अनुसार, वार्ता सोमबार बिहानै शुरु हुनेछ ।

वार्तामा द्विपक्षीय विषयमा सहमति जुटाउने तथा नाफ्टाको तेस्रो साझेदार मुलुक क्यानडासँग छलफल गरी नयाँ सम्झौतामा हस्ताक्षर गरिनेछ । सचिव गुआजार्डो तथा मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगारेले दुई देशबीचका मुख्य व्यापारिक समस्या सुल्झाउन एक महिनाभन्दा बढीदेखि अमेरिकी व्यापार प्रतिनिधिसँग वार्ता गर्न पटकपटक वासिङ्टनको भ्रमण गरिसक्नुभएको छ । उहाँहरु आगामी अगष्ट महिनाअघि नै सवारी साधनको बजार समेतका विषयमा ठोस निष्कर्षमा पुग्ने प्रयास गरिरहनु भएको छ । मेक्सिकोमा जुलाई १ मा भएको राष्ट्रपतीय चुनावले पनि मे महिनाका लागि तोकिएको वार्तामा असर परेको थियो । अमेरिका, क्यानडा र मेक्सिको सम्मिलित नाफ्टाका बारेमा राष्ट्रपति ट्रम्पले निरन्तर आलोचना गरिरहनु भएको छ । अमेरिकाका लागि “घातक” रहेको भन्दै ट्रम्पले सम्झौतामा आवश्यक संशोधन नभए नाफ्टाबाट अलग्गिने चेतावनी दिनुभएको छ ।

तर २५ वर्ष पुरानो यस सन्धिका विषयमा नयाँ परामर्श भइरहेको छ, र अमेरिका तथा मेक्सिको यस सम्झौतालाई अद्यावधिक गर्नेमा लगभग सहमति नजिक पुगेका छन् । अमेरिका–मेक्सिको बीचको सवारी साधन उद्योगसम्बन्धी नियममा के कस्तो सहमति हुन्छ भनी पर्खेर बसेको क्यानडालाई पनि वार्तामा आमन्त्रण गर्ने योजना छ । अमेरिका र मेक्सिकोका वार्ताकारहरु राष्ट्रपति एनरिक पेना नीटोले डिसेम्बर १ मा सत्ता छाड्नुअगावै सम्झौतामा पुग्न प्रयासरत छन् । मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस म्यानुअल लोपेज ओब्राडोर निर्वाचित भइसक्नु भएको छ र उहाँले आगामी डिसेम्बर १ तारिखदेखि सत्ता सम्हाल्नु हुनेछ । नयाँ सम्झौतालाई कार्यरुप दिन अमेरिकी संसद कङ्ग्रेसलाई ९० दिनको अग्रीम समय दिनु पर्दछ ।

क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले अमेरिका–मेक्सिकोबीचको वार्ताको प्रगतिबाट उत्साहित भएको र दुवै मुलुकबीचको द्विपक्षीय वार्ता सकिएलगत्तै क्यानडा सहभागी हुने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले शनिबार बिहान गरेको एक ट्वीटमा वार्ता सहमति नजिक पुगेको बताउनुभएको छ । “मेक्सिको सँगको हाम्रो सम्बन्ध अत्यन्त सकारात्मक रुपमा अघि बढेको छ,” ट्रम्पले लेख्नुभएको छ । “मेक्सिकोसँग ठूलो व्यापारिक सम्झौता चाँडै हुँदैछ ।”

(hiboost.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमै उत्कृष्ट बन्ने अम्बे सहकारीको प्रतिबद्धता
काठमाडौँमै उत्कृष्ट बन्ने अम्बे सहकारीको प्रतिबद्धता
स्थानिय तहको चुनाव र सामाजिक रुपान्तरण
स्थानिय तहको चुनाव र सामाजिक रुपान्तरण
सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह
सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह
गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ
गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ
लागूऔषसहित यादव पक्राउ
लागूऔषसहित यादव पक्राउ
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
नेतृत्व र व्यक्तित्व विकासका लागि रजनी फाउन्डेसनको यस्तो प्रयास
नेतृत्व र व्यक्तित्व विकासका लागि रजनी फाउन्डेसनको यस्तो प्रयास

तपाईंले छुटाउनुभयो कि?