अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ १५, २०७८
|
|
५३ पटक हेरिएको
Shares
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती

सारांश

  • अमेरिकाको इतिहासमा पहिलो पटक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै बुद्ध जयन्ती मनाइएको छ ।
  • २५६५ औ बुद्ध जयन्ती अर्थात् वैशाख डे ह्वाइट हाउसमा मनाइएको हो ।
  • अमेरिकी उपराष्ट्रपति कमला हेरिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयान बौद्ध भिक्षु र गुरुहरुले दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन् ।

अमेरिकाको इतिहासमा पहिलो पटक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै बुद्ध जयन्ती मनाइएको छ ।२५६५ औ बुद्ध जयन्ती अर्थात् वैशाख डे ह्वाइट हाउसमा मनाइएको हो ।

अमेरिकी उपराष्ट्रपति कमला हेरिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयान बौद्ध भिक्षु र गुरुहरुले दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन् ।

इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वागमो डिक्से संयोजक गरेको समारोहमा थेरवादको तर्फबाट भिक्षु उपराटन महास्थवीर, महायानको तर्फबाट भिक्षु मारविन हराडा र वज्रयानको तर्फबाट टारथगं टुल्कु रिम्पोछेले बुद्ध पूजा र प्रार्थना गर्नु भएको थियो ।

अध्यक्ष डिक्सेले अमेरिकी लोकतन्त्रमा तीनै वटा बौद्ध परम्परामा ह्वाइट हाउसमा बुद्ध जयन्ती मनाउनु अमेरिकी इतिहासमै पहिलो भएको बताउनुभयो ।

यो ऐतिहासिक क्षणलाई सम्मान गर्दै १० लाख दीप प्रज्वलन पनि गरिएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाईडेनले बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै अमेरिकामा बौद्धहरुले गरेको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो ।

देश समृद्ध तुल्याउन बौद्ध शिक्षा आवश्यक रहेको पनि उहाँको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौं
वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौं
आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै कामपा
सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै कामपा
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
महामन्त्री डा कोइराला सङ्क्रमण मुक्त
महामन्त्री डा कोइराला सङ्क्रमण मुक्त
बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन
बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन
सेल्फी लिँदा २ सय ५९ जनाको मृत्यु !
सेल्फी लिँदा २ सय ५९ जनाको मृत्यु !
कार्यकारी राष्ट्रपतीय अभिनायकवाद लाद्ने खेल: प्रधानमन्त्री देउवा
कार्यकारी राष्ट्रपतीय अभिनायकवाद लाद्ने खेल: प्रधानमन्त्री देउवा
धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन  बिदा
धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन बिदा

तपाईंले छुटाउनुभयो कि?