अविवाहित युवतीले जेलमै बच्चा जन्माइन्, ५ हजार धरौटी बुझाउन नसक्दा थुनामा
सारांश
- झापा ।
- जिल्ला कारागार झापामा थुनामा रहेकी एक २० वर्षीया युवतीले बच्चा जन्माएकी छन् ।
- झापा भद्रपुर कारागारका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित युवतीले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् ।
झापा । जिल्ला कारागार झापामा थुनामा रहेकी एक २० वर्षीया युवतीले बच्चा जन्माएकी छन् ।
झापा भद्रपुर कारागारका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित युवतीले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् ।
आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको र अस्पतालबाट दुवैलाई कारागारमा ल्याइएको कारागारले जनाएको छ । चार महिनाअघि गर्भवती अवस्थामै उनी कारागारमा थुना परेकी थिइन् ।
इलाका प्रहरी कार्यालयले गत चैतमा बिर्तामोडको एक होटलबाट पक्राउ गरेर उनीमाथि सार्वजनिक मुद्दा दर्ता गरेको थियो । झापा जिल्ला प्रशासन कार्यालयले उनलाई ५ हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेर उनी कारागारमा थुना परेकी हुन् ।
प्रतिक्रिया