अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २६, २०७६
|
|
३८ पटक हेरिएको
Shares
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन ।

अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्दीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेका हुन ।

माता सुमि श्रेष्ठ, पिता शंकर थापा र एक भाइका साथमा मेलबर्नको सेन्ट अल्बान्समा बसोबास गर्दै आएका स्पन्दन सानै उमेरदेखि नै विभिन्न खेलमा रुचि राख्थे । पढाइसंगै तेक्वान्दो खेल रोजेका स्पन्दनले भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भएर उक्त राष्ट्रिय च्याम्पियनशिपमा सहभागी भएका थिए ।

पढाईमा पनि अब्बल स्पन्दनले सन २०१६ देखि नै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा बिजय हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन । प्रतियोगितामा सहभागी विभिन्न देशहरूमध्ये स्पन्दन एक मात्र नेपाली थिए । उनी सेन्ट अल्बान्समा रहेको तेक्वान्दो प्लस अष्ट्रेलिया क्लबसंग आबद्ध छन । उन्को बिजयपस्चात क्लबका प्रशिक्षक मार्कोले बधाई दिदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगति गर्न सक्नेमा आफू र क्लब ढुक्क रहेको बताए ।

मेलबर्न नेप्लिज कम्युनिटि वेस्टका बर्तमान अध्यक्ष स्पन्दनका पिता शंकर थापा र रजिस्ट्रर नर्सको रुपमा कार्यरत माता सुमि श्रेष्ठ छोराको यो जितले निकै गर्वा्न्वित भएको बताउनुहुन्छ भने स्पन्दन आफूलाई यो जितले अझ बढी हौसला मिलेको बताउछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस
काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस
अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै
अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
नेकपाका उम्मेदवार विजयी
नेकपाका उम्मेदवार विजयी
नगरपालिकाले दियाे घरजग्गा खाली गर्न निर्देशन !
नगरपालिकाले दियाे घरजग्गा खाली गर्न निर्देशन !
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर