असार १५ : यसरी मनाईयो धुमधामका साथ धान दिवस (फोटोफिचर)
सारांश
- सुजन पन्त काठमाडौ ।
- १५ असारमा काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी राष्ट्रिय धान दिवस मनाइएको छ ।
- यो वर्ष ‘दुई बाली धान खेती बिस्तार आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ धान दिवस मनाईएको हो ।
- सुजन पन्त
काठमाडौ । १५ असारमा काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी राष्ट्रिय धान दिवस मनाइएको छ । यो वर्ष ‘दुई बाली धान खेती बिस्तार आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ धान दिवस मनाईएको हो ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । विश्वको जनसंख्याको आधा अर्थात साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । नब्बे प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको छ ।
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा रहिआएको छ । मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो) धानको खेती हुन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् ।
धान दिवसकै सन्दर्भमा रिभर फन विच रिसोर्टले गण्डकी गाउँपालिका गोरखामा धान रोपाइ विशेष कार्यक्रम सम्पन्न गरेको छ । असार १५ को उपलक्षमा रोपाइँजात्राका अलावा पञ्चेबाजा, डिजे संगित, राष्ट्रिय कलाकारबाट हाँस्यव्यंग्य प्रस्तुत, दहि चिउरा खाने लगायतका कार्यक्रम समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया