अस्पतालकाे लापर्वाही: महिलाको पाठेघरमा भेटियाे कुहिएकाे कपडा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३०, २०७५
|
|
५८ पटक हेरिएको
Shares
अस्पतालकाे लापर्वाही: महिलाको पाठेघरमा भेटियाे कुहिएकाे कपडा

सारांश

  • अर्घाखाँची, ३० साउन।
  •   ।
  • अर्घाखाँची सितगंगा नगरपालीका वडा नम्बर २ घोरबन्दा निवासी २३ बर्षिय ममता गुरूङलाई सुत्केरी   व्यथाले च्यापेपछी उनि साउन १६ गते ठाडा प्राथमिक स्वास्थ्य केन्द्र पुगिन ।

अर्घाखाँची, ३० साउन।  । अर्घाखाँची सितगंगा नगरपालीका वडा नम्बर २ घोरबन्दा निवासी २३ बर्षिय ममता गुरूङलाई सुत्केरी   व्यथाले च्यापेपछी उनि साउन १६ गते ठाडा प्राथमिक स्वास्थ्य केन्द्र पुगिन । तर स्वास्थ्यकर्मीले बुटवल अञ्चल अस्पतालमा रिफर गरिदिए । उनलाई रातारात आफन्तहरूले अञ्चल अस्पताल बुटवलमा पुराए । बिडम्बना अञ्चल अस्पतालका प्रसुती कक्षमा खटिएका स्वास्थ्य कर्मीहरूले पनि अस्पतालमा बेडको अभाव देखाउदै उनिहरूले आम्दा अस्पताल बुटवलमा लैजान सल्लाह दिए ।

अञ्चल  अस्पतालमा एकैछिन पनि नराखी महिलालाई रातको साढे तिन बजे बुटवल ७ रूपन्देहीमा रहेको आम्दा अस्पताल बुटवलको प्रसुती कक्षमा पुराएर भर्ना  गरे ।अस्पतालमा भर्ना गरेपछी अर्कोदिन साउन १७ गते बिहान ९ बजेर २७ मिनेटमा नर्मल रूपमा उनले नवजात शिशुलाई जन्म दिईन । नर्मल डेलीभरी भएपछी आफन्तहरू पनि खुसी भए । नहुन पो कसरी ? तर त्यती बेहोसी अनुभव नभएका चिकित्सक स्वास्थ्य कर्मीहरूले सुत्केरी गराए होलान जस्तो महिलाका आफन्तलाई लागेको थिएन । अस्पतालको प्रसुती कक्षमा सुत्केरी भएको लामो समय बितीसक्दा पनि आफन्तले महिलालाई भेट्न खोज्दा स्वास्थ्य कर्मीले दिएनन् । जव महिला सुत्केरी भईन् , तव देखी महिलाको पेटदुख्ने ,खान मन नलाग्ने , केही खायो की भमिट हुने भैरहेपछी स्वास्थ्य कर्मी सँग सल्लाह लिँदा तपाईहरू नआत्तीनु एक दुई दिनमा ठिक हुन्छ कसैकसैलाई यस्तो हुन्छ भनेर अर्को दिन सबै राम्रो छ भन्दै महिलालाई अस्पतालबाट डिस्चार्ज गरियो ।

सुत्केरी लिएर आफन्त फर्किए । घरमा ल्याएदेखी पनि पेट दुख्ने , खान मन नलाग्ने , केही खाएपछी भमिट हुने , महिलाको शरिर निलो भैरहने जस्ता लक्ष्यण देखा पर्न थाले । बिस्तारै वरिपरी दुरगन्ध फैलिन थालेपछी महिलाका श्रीमान प्रबत गुरूङ र माईतीपक्षले ठाडा प्राथमिक स्वास्थ्य केन्द्र बाट अवकाश प्राप्त नर्स पुर्णकला रानामगरलाई  देखाए । नर्स रानामगरले महिलाको स्वास्थ्य परिक्षण गर्दा महिलाको पाठेघरबाट सुत्केरी गराउदा लाहापर्वाहीका कारण छोडिएको कुहिएको प्याड कपडा फेला परेपछी बाहिर निकालिएको छ ।

अर्घाखाँचीको सितगंगा ३ ठाडादह माईतिघर र सितगंगा २ घोरबन्दा निवासी प्रबत गुरूङको २३ बर्षिय श्रीमती ममता गुरूङको पाठेघरमा कुहिएका प्याड कपडा फेला परेको हो । नर्मलरूपमा ३७ सय ग्राम तौल भएको नवजात शिशुको जन्म भएपनि अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीको लाहापर्वाहीका कारण प्रसुती गराउदा पाठेघरमा प्याड नै छोडेपछी महिलाको ज्यान उच्च जोखिममा परेको हो । नर्मल सुत्केरी भएको भन्दै सुत्केरीलाई भेट्न खोज्दा स्वास्थ्य कर्मीले भेटन नदिएको र अर्को दिन साउन १८ गते  सुत्केरी महिलाको स्वास्थ्य परिक्षण नगरि अस्पताल बाट डिस्चार्ज गरिएको सुत्केरी महिलाको आमा लक्ष्मी दर्लामीले बताईन् ।

महिलाको श्रीमान प्रबत गुरूङले मानिसको स्वास्थ्य प्रति खेलवाड गरि गैर जिम्मेवारी पुर्ण काम गर्ने चिकित्सक तथा स्वास्थ्य कर्मीमाथी छानबिन गरि कार्बाहीको माग गरेका छन् । महिलाले सुत्केरी भएको १३ दिन सम्म अन्न पानी केहि खाएको छैन , भमिट भैरहेको छ , महिलाको पाठेघरमा नकरात्मक असर परि भोलि क्यान्सर जस्ता रोग देखा पर्न गएमा ,अहिलेमहिलाको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै महिलाको ज्यान सिकिस्त बन्दै गएमा अस्पतालले पुर्ण रूपमा जवाफ दिनु पर्ने महिलाका आफन्तले चेतावनी दिएका छन् ।

अस्पतालमा महिलाले पहिलो पटक नवजात शिशुको जन्म दिएकी हुन् । महिलाको पाठेघरबाट कुहिएका प्याड कपडा फेला परेपछी किन यस्तो गरिएको भनि आम्दा अस्पताल पुगेर सोधपुछ गर्दा छोडिन सक्छ जस्ता गैर जिम्मेवार पुर्ण जवाफ अस्पतालले दिएको सुत्केरी महिलाका आफन्तले बताएका छन् । आज हामीलाई पर्यो भोली अरू कसैलाई यस्तो क्रियाकलाप दोहोरिन सक्ने भन्दै त्यस्ता अनुभव नभएका र बेहोसी चिकित्सक तथा स्वास्थ्य कर्मीहरूलाई अस्पतालमा नराख्न पनि अस्पताल संचालन समितीलाई आग्रह समेत गरेका छन् । ( बिष्णु कुमार आले) 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो आयो पछिल्लो मतपरिणाम, अघि लाग्यो एमाले
यस्तो आयो पछिल्लो मतपरिणाम, अघि लाग्यो एमाले
कांग्रेसले समानुपातिकमा ४० सिट पाउने अपेक्षा !
कांग्रेसले समानुपातिकमा ४० सिट पाउने अपेक्षा !
कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न मन्त्री पण्डित भारतमा
कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न मन्त्री पण्डित भारतमा
समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…
समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…
विश्वकपमा अाज: स्विडेन जर्मनीको तगारो बन्ला ?
विश्वकपमा अाज: स्विडेन जर्मनीको तगारो बन्ला ?
डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो
डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल
फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने कर्मचारीहरुको भागाभाग !
धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने कर्मचारीहरुको भागाभाग !

तपाईंले छुटाउनुभयो कि?