अार्इसियु मा रहेका देवकाेटालार्इ बावुराम भट्टरार्इले भेटेर के भने ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २१ वैशाख ।
  •   बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटासँग उनका सहपाठी एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले  विहिवार भेटघाट  गरेका छन ।
  • विहिवार भट्टराईले बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेर त्यहाँ उपचाररत डा देबकोटासँग भेटी स्वास्थ्य लाभको कामना गरेका हुन्।

काठमाडाै, २१ वैशाख ।  बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटासँग उनका सहपाठी एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले  विहिवार भेटघाट  गरेका छन ।

विहिवार भट्टराईले बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेर त्यहाँ उपचाररत डा देबकोटासँग भेटी स्वास्थ्य लाभको कामना गरेका हुन्।

‘मेरा वालसखा, सहपाठी तथा आत्मीय मित्र डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिवारे बुझ्न अस्पताल पुग्दा दुबैले पुराना दिनहरूको सुखद सम्झना गर्‍यौं। वहाँको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत् देख्दा वहाँ सोचे जति गम्भीर विरामी भएको अनुभूत भएन’ डा देबकोटासँगको भेटबारे जानकारी दिँदै डा भट्टराईले भनेका छन्, ‘वहाँ आफैले आफ्नो जीवनको सीमाको फरक आँकलन गरेपनि प्रकृतिमा हुने आकस्मिकता र सम्भावनाका नियमहरूले वहाँ स्वस्थ हुनुहुनेछ भन्ने आशा पलाइरह्यो।’

आगन्तुक पुस्तिकामा भट्टराईले गरेको स्वास्थ्यलाभको कामना

भेटपछि त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा डा देबकोटाको स्वास्थ्यलाभको कामना गर्दै लेखिएको सामाग्रीपनि भट्टराईले सार्वजनिक गरेका छन्, जसमा उनले डा देबकोटालाई लागेको असाध्य रोगलाई उनले जित्नसक्ने विश्वास आफूमा रहेको उल्लेख गरेका छन्।

 

(solidstonefabrics.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?